७ वैशाख २०८१ शुक्रबार
अर्थ

बुद्ध एयरले ७२ सिट क्षमताको अर्काे जहाज ल्याउने

काठमाडौं – निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले ७२ सिट क्षमतायुक्त अर्को एक जहाज ल्याउने घोषणा गरेको छ।

बुद्धका अनुसार ‘एटिआर ७२–५००’ सिरिजको उक्त जहाज आगामी जेठ अन्तिम साता काठमाडौं आइपुग्ने छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त भइसकेको छ । प्राधिकरणले नयाँ जहाजलाई ‘९एन–एएमयु’ कलसाइन दिएको छ।

हाल सञ्चालनमा रहेका यही सिरिजका अन्य जहाजमा जस्तै नयाँमा पनि फराकिला सिट र लगेजका लागि पर्याप्त ठाउँ उपलब्ध हुनेछन् । एटिआर जहाज वातावरणमैत्री र ध्वनि प्रदुषण कम गर्नेमा पर्छन् ।बुद्धसँग हाल फ्रान्सको एटिआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका पाँचथान ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन्।

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ।

 

प्रकाशित: १२ वैशाख २०७५ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App