टेलिकमको सहयोग अस्पताल र सामुदायिक विद्यालयमा

बुधबार, १२ बैशाख २०७५, ०८ : ३९ नागरिक

काठमाडौं– नेपाल टेलिकमले विभिन्न अस्पताललाई कम्बल सहयोग र केही सामुदायिक विद्यालयमा आइसिटी सेन्टर स्थापना गरेको छ। टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गर्ने चौधौं वार्षिकोत्सवको अवसरमा घोषणा गरेको थियो।

कम्पनीले आफ्ना ६ वटा क्षेत्रीय निर्देशनालय अन्तर्गत एक–एक स्थानका अस्पतालमा कम्बल वितरण गर्ने कार्यक्रम अनुसार कोसी अञ्चल अस्पताल विराटनगर, नारायणी अञ्चल अस्पताल वीरगन्ज, भक्तपुर क्यान्सर अस्पताल, भेरी अञ्चल अस्पताल नेपालगन्ज र महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई २५–२५ थान कम्बल उपलब्ध गराएको जनाएको छ।लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पनि केही दिनभित्रै कम्बल वितरण गर्ने जनाएको छ । त्यसैगरी, कम्पनीले उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिकाको वडा नम्बर ६ का अग्निपीडित स्थानीय बासिन्दालाई पनि २५ थान कम्बल वितरण गरिसकेको छ।  

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हालै एक कार्यक्रमबीच भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा.ऋषिकेशनारायण श्रेष्ठलाई कम्पनीको तर्फबाट २५ थान कम्बल हस्तान्तरण गरेकी थिइन् । ती कम्बल अस्पतालका बिरामीका लागि उपयोग गरिने छ ।
सो अवसरमा प्रबन्ध निर्देशक राजभण्डारीले कम्पनीले वार्षिकोत्सवका अवसरमा घोषणा गरे अनुरुप सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो अस्पताललाई कम्बल वितरण गरिएको बताइन् । उक्त अवसरमा अस्पतालका निर्देशक श्रेष्ठले सहयोगको स्वागत गर्दै भविष्यमा थप अन्य क्षेत्रमा पनि सहयोगको हात अघि बढाउन आग्रह गरे।  

त्यसैगरी, भूकम्पबाट अति प्रभावित जिल्लालगायत अन्य ६ वटा जिल्लाका एक–एक वटा सामुदायिक विद्यालयमा आइसिटी सेन्टर स्थापना गरिदिने कार्यक्रम अनुसार भूकम्प प्रभावित ११ वटा जिल्लामा कार्य सम्पन्न भइसकेको टेलिकमले जनाएको छ । लमजुङ, डडेलधुरा, उदयपुर, जुम्ला र रुकुम जिल्लाका एक–एक सामुदायिक विद्यालयमा निकट भविष्यमा नै आइसिटी सेन्टर स्थापनाका लागि तयारी अन्तिम चरण पुगेको जनाएको छ।

यसैबीच, टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले शान्ति निकेतन माध्यमिक विद्यालय भक्तपुरमा कम्पनीको सहयोगमा स्थापना गरिएको आइसिटी सेन्टरको हालै शुभारम्भ गरिन् । उक्त सेन्टरका लागि कम्पनीले पाँच थान कम्प्युटर, पाँच थान वेब क्याम, पाँच थान माइक्रोफोन सहितको हेडसेट र एक थान थ्री इन वान प्रिन्टर उपलब्ध गराएको छ। सो प्रयोजनका लागि एक लाइन वाइम्याक्स डाटा कनेक्सन, वाइफाई राउटर र ओडियू सेट समेत उपलब्ध गराउनुको साथै इन्टरनेट चलाउनका लागि दुई वर्षसम्म मासिक रुपमा ३० जिबी डाटा निःशुल्क उपलब्ध गराएको छ।

आइसिटी सेन्टर शुभारम्भ कार्यक्रममा राजभण्डारीले इन्टरनेट सेवालाई शिक्षण सिकाइ क्रियाकलापमा अधिकतम प्रयोग गर्न आग्रह गरिन् । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवनकुमार वल्ल तथा विद्यालयका प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्यले शिक्षण सिकाइ क्रियाकलापलाई प्रविधिमैत्री बनाउन टेलिकमको सहयोगको लागि आभार व्यक्त गरे।

यी दुवै कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय, प्रबन्धक प्रतिभा बैद्य तथा प्रबन्धक रिना डंगोलका साथै अन्य सम्बन्धित कर्मचारीको समेत उपस्थिति रहेको थियो । नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता विभिन्न सेवामूलक कार्य गरेको हो । आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिन कम्पनी प्रतिवद्ध छ।
 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad