प्रविधि र व्यवसायमा छलाङ मार्दै नेपाली संगीत

बुधबार, १२ बैशाख २०७५, ०८ : १२ नेमिष गौतम

काठमाडौं – दशकअघिको सुगम र पाश्र्व दुवै संगीत र अहिलेको संगीतको फ्लेबरमा आकाश पातालको फरक छ । अहिले प्रविधिले गर्दा दर्शकले सिर्जनाको मेलोडीमा नयाँपन पाइरहेका छन् । यो समयमा आएका नयाँ संगीतकर्मीले संगीतमा फरक फ्लेबर ल्याइदिए।

संगीतले कलाकारको पहिलाको स्टारडम र अहिलेको स्टारडममा फरक बनाइदिएको छ। पहिला कलाकार आफैं स्टारडम बनाउँथे । तर अहिले गीतसंगीतले उनीहरुलाई स्टार बनाइदिएको छ । उनीहरुको पहिचानलाई पनि फराकिलो बनाइदिएको छ।

 मिडिया, रेकर्डिङ स्टुडियो, स्रष्टा र बजारको सीमिततामा घेरिएको नेपाली संगीतले १० वर्षमा ठूलो छलाङ मारेको छ । आफूले बजारमा ल्याएका गीतको प्रवर्द्धनको शैली थाहा नहुँदा धेरै स्रष्टाले आफ्ना सिर्जनालाई घरमै थन्क्याएर राखिरहँदा अहिलेका स्रष्टा भने यो समस्याबाट मुक्त भइसकेका छन्।

प्रविधि, मिडिया, संगीतको बजार, भिडियो निर्माणमा आएको विविधतासँगै संगीतको शिक्षा र सांगीतिक प्रविधिको माहौलमा रमाइरहने युवापुस्ताको आगमनले आफ्नो क्षमतालाई फराकिलो बनाएका छन् । अहिले युवापुस्तालाई प्रविधिभन्दा पनि प्रतिस्पर्धी वा समकक्षीभन्दा आफ्नो सिर्जनालाई कसरी कर्णप्रिय बनाउन सकिन्छ भन्ने चुनौती प्रष्ट देखिन्छ।


पाश्र्व, सुगम, लोक, पप, रकलगायतका हरेक विधाका संगीतमा नयाँपन आइसकेको छ । विशेषत पप र रकमा पाश्चात्य संगीतसँगै ती संगीतमा नेपाली मौलिक संगीतको फ्युजनले संगीतमा नयाँ स्वाद श्रोता र दर्शकले पाइरहेका छन्।
प्रविधिमा छलाङ
दश वर्षअघिसम्म नेपालमा सीमित मात्र गीतको रेकर्डिङ स्टुडियो सञ्चालनमा आइरहँदा अहिले रेकर्डिङ स्टुडियोको संख्या अनगिन्ती छन् । कुनै समयमा गीत रेकर्ड गराउनकै लागि राजधानी आउनुपर्ने स्रष्टाको बाध्यतालाई मोफसलका विभिन्न सहरमा खुलेका सुविधा सम्पन्न रेकर्डिङ स्टुडियोले ठूलो राहत दिएको छ।

आधुनिकताको विकाससँगै कम्प्यूटरको युगले पनि छलाङ मारिरहँदा नेपाली संगीतले पनि त्यही छलाङलाई पछ्याइरहेको छ । प्रविधिकै विकासको कुरा गर्दा कुनै समय गीत रेकर्डिंका लागि भारतको मुम्बई वा कलकत्ता जानु पर्ने बाध्यताबाट पनि नेपाली संगीत पूर्णतया मुक्त भइसकेका छन्।

गजलमा विद्यावारिधी गरेका गीतकार तथा गजलकार डा. कृष्णहरि बराल संगीतको पछिल्लो दशकलाई ‘उर्वर दशक’का रुपमा मान्छन् । ‘हाम्रो समयमा गीत गाउनका लागि रेडियो नेपालमा गीतको सेन्सर गराएर भ्वाइस टेष्ट पास गर्नुपर्ने अनिवार्य प्रावधान थियो।

दश वर्ष अघिसम्म पनि राजधानीमा मात्र रेकर्डिङ स्टुडियोको बाहुल्यता थियो, ’डा. बराल भन्छन्,‘अहिले अवस्था फेरिएको छ । अहिलेको डिजिटल दुनियाँमा कम्प्युटरले मध्यम स्वर भएका गायकगायिकालाई पनि राम्रो गायकगायिकाका रुपमा अगाडि ल्याइदिएको छ । प्रविधिले गर्दा नयाँलाई भ्वाइस टेष्ट पनि गर्नुपर्दैन्।’

डा. बराल संगीत उत्पादनको दृष्टिले पछिल्लो दशकलाई उर्वर दशक मान्छन् । उनको बुझाइमा रचना, गायन र संगीत तीनवटै पक्षलाई नियाल्दा हरेक विधामा दश वर्ष ‘स्वर्णिम समय’ हो । ‘संगीत क्षेत्रमा दिनानुदिन नयाँ नयाँ अनुहारको आगमन भइरहेको छ,’डा. बराल प्रष्ट्याउँछन्, ‘नयाँ अनुहार आउँदा गुनासो पनि आउने गर्छन् । गायन, लेखन र संगीतमा सिकारुको आगमनले केही समस्या देखिए पनि त्यो समस्या हल हुँदै गएको छ।’

गीतकार डा. बरालको भनाइसँग संगीतकार शक्ति बल्लभ सहमत छन् । संगीतकार बल्लभ धेरै अर्थमा संगीतमा परिवर्तन आएको स्वीकार्छन् । ‘त्यो परिवर्तन आउनुमा प्रविधिको योगदान विशेष छ । संगीतको स्वादमा परिर्वतन भइसक्यो।

केही श्रोताहरु अहिले पनि संगीतको पुरानै मेलोडी सुन्न चाहन्छन् । पुरानै शैलीको बनाउन त नसकिएला तर त्यसमा प्रविधिको प्रयोगले नयाँ सिर्जना चाहिँ ल्याउन सकिन्छ,’बल्लभको बुझाइ छ,‘हामी पुरानो पुस्ताका स्रष्टाले पनि अहिलेको प्रविधिलाई पछ्याउन पाउनु एउटा ठूलो मौका नै हो । संगीतको ट्युनिङमा नयाँपन कतै आएको छ भने हामीले त्यसको प्रविधिमा पनि नयाँपन छ है भनेर बुझ्नुपर्छ।’पाश्र्व संगीतमा पछिल्लो समयमा सर्वाधिक रुचाइएका संगीतकार अर्जुन पोखरेल दशकयताको संगीत सिर्जनामा दर्शकको रुचि मेलोडीमा बढी देखिएको जिकिर गर्छन्।

‘दशकअघिको सुगम र पाश्र्व दुवै संगीत र अहिलेको संगीतको फ्लेबरमा आकाश पातालको फरक छ । अहिले प्रविधिले गर्दा दर्शकले सिर्जनाको मेलोडीमा नयाँपन पाइरहेका छन् । यो समयमा आएका नयाँ संगीतकर्मीले संगीतमा फरक फ्लेबर ल्याइदिए।

संगीतले कलाकारको पहिलाको स्टारडम र अहिलेको स्टारडममा फरक बनाइदिएको छ । पहिला कलाकार आफैं स्टारडम बनाउँथे । तर अहिले गीतसंगीतले उनीहरुलाई स्टार बनाइदिएको छ । उनीहरुको पहिचानलाई पनि फराकिलो बनाइदिएको छ।’
मिडियाः अवसर र चुनौति
संगीतमा जस्तै मिडियामा पनि ‘डिजिटलाइजेसन’ भएपछि संगीतकर्मीलाई गीत प्रमोसनमा अत्यन्तै सजिलो भएको छ । खास गरी दशकयता फैलिएको सामाजिक सञ्जाल, युट्युब संस्कृति, टेलिभिजन, रेडियो र अनलाइनसँगै पत्रपत्रिकाको संख्या ह्वात्तै बढेपछि संगीतकर्मीलाई आफ्ना सिर्जना पाठक, श्रोता र दर्शकमाझ पु¥याउन सहज बनेको छ ।

‘संगीत क्षेत्रसँगै मिडियाको विकास हुनु पनि राम्रो कुरा हो । तर पछिल्लो समयमा मिडियाको विकासक्रमले संगीत क्षेत्रमा अवसरको सिर्जना गरे पनि त्यसको सही व्यवस्थापन हुन सकेको छैन,’डा. बराल भन्छन्,‘मिडियामा गीत प्रकाशन वा प्रसारण गर्दा गीतको गुणस्तरीयता कस्तो छ । त्योतर्फ मिडियाले ध्यान दिनुपर्ने देखिन्छ।

अहिले युट्युबमा एक करोड दर्शक पुगेको छैन् भने त्यसमा अन्य संगीतकर्मीको चासो गएको देखिँदैन । करोड बढी दर्शक पाएका गीतवापत सम्बन्धित स्रष्टाले पनि रोयल्टीका रुपमा रकम पाउनुपर्ने प्रावधान आवश्यक छ।’संगीतकार बल्लभ सिर्जना र मिडिया एकअर्काका परिपुरक भएकाले पनि संगीतको बजार व्यापक बन्दै गएको दाबी गर्छन् । ‘अहिले गीतभन्दा पनि त्यसको म्युजिक भिडियो बनेको छ या छैन भन्ने कुरामा चासो बढी हुन्छ।

भिडियो बनेपछि दर्शकमाझ पुर्‍याउने माध्यम मिडिया नै हो,’उनी भन्छन्,‘दशक अघिको मिडियाको सीमित मिडियाको संख्या अहिले असीमित बनेको छ । मिडियाको विकासले कलाकर्मीलाई पनि आफ्ना सिर्जनाका बारेमा श्रोता, दर्शक र पाठकको सकारात्मक र नकारात्मक प्रतिक्रिया बुझ्न सजिलो भएको छ ।’ बल्लभ टेलिभिजनमा संगीत सम्बन्धी रियालिटी सो बढ्नुलाई पनि संगीत विकासको एउटा उपलब्धि मान्छन् ।

प्रवासी नेपालीको उत्साहजनक उपस्थिति
पछिल्लो दशकमा नेपाली अर्थतन्त्रको वृद्धिमा ‘रेमिट्यान्स’ को योगदान महत्वपूर्ण छ । रोजगारीका लागि विदेशीने युवावर्ग आफ्नो कमाइ केवल घरखर्चका लागि मात्र पठाउँदैनन् । उनीहरुले आफूले प्रवासमा सिर्जना गरेका गीतका शब्दलाई संग्रहित गरेर गीति एल्बम निकाल्न पनि उस्तै सक्रियता देखाइरहेका छन्।

राजधानीमा भइरहने एल्बम सार्वजनिक कार्यक्रमको माहौललाई हेर्ने हो भने एल्बमसँग सम्बन्धित अधिकांश स्रष्टा विदेशमा बस्ने गैर आवासीय नेपालीहरु छन् । संगीतको फरक–फरक विधामा भए पनि उनीहरु आफ्नो कमाइको केही हिस्सा संगीतमा नै लगानी गरिरहेका छन्।

संगीतकार पोखरेलको अनुभवमा विदेशमा बस्न नेपालीको चासो संगीतमा दिनानुदिन बढिरहेको छ । ‘विदेशमा बस्ने दाजुभाइ दिदीबहिनीको संगीतमा उल्लेख्य रुचि पाएको छु । विदेशमा श्रम गरे पनि त्यो कमाइ नेपाली संगीतमै लगाउने काम तारिफ योग्य छ,’पोखरेल भन्छन्,‘उहाँहरुको सहयोगले हामी जस्ता व्यावसायिक संगीतकर्मीलाई आफ्नो व्यवसाय बलियो बनाउन धेरै सजिलो बनाइदिएको छ।’

संगीत क्षेत्रको विकासक्रमलाई आर्थिक पक्षले पनि फराकिलो बनाइदिएको छ । संगीतकार बल्लभ शोखले संगीतमा लागेका पुराना पुस्ता भन्दा संगीतकै अध्ययन गरेर यसैमा लगानी गर्ने अहिलेको पुस्ता उदाहरणीय बनेको जिकिर गर्छन्।

‘म बैंकको जागिरे भए पनि शोखले संगीत क्षेत्रमा लागें । तर अहिलेको पुस्ता यसैलाई शैक्षिक योग्यता बनाएर यसमै लगानी गरिरहेका छन् । त्यसकारण अहिलेको संगीत महंगिएको छ । यो महंगो माहौलमा विदेशमा बस्ने नेपालीको योगदान उच्च छ,’संगीतकार बल्लभको दाबी छ,‘विदेशमा गएर भए पनि सानैदेखिको संगीतको लगावलाई पूरा गर्न अहिलेको पुस्ता दत्तचित्त छन् । उनीहरुको उत्साह आश्चर्यजनक छ।’
 

चर्को बहस प्रतिलिपि र रोयल्टीकाे
वर्तमान अवस्थामा नेपाली संगीत क्षेत्रमा रोयल्टी र प्रतिलिपि अधिकारको बहस निकै चर्को हुन थालेको छ । प्रविधिमार्फत गुणस्तरीय संगीत र गीत सिर्जनाको नाममा पुराना स्रष्टाका गीत विना अनुमति गीत बनाएर प्रसारण हुन थालेपछि स्रष्टाले प्रतिलिपि अधिकारको विषयलाई गम्भीर रुपले उठाउन थालेका  छन्।

गीतकार डा. बराल विश्वस्तरमा कपिराइटको विषयले प्राथमिकता पाइरहँदा नेपालमा भने यसको महत्व विस्तारै बढ्दै गएको दाबी गर्छन् । ‘बौद्धिक अधिकार रक्षाको कुरोले नेपालमा भर्खर–भर्खर प्रवेश पाएको छ । पहिला यस्तो विषय केही थिएन । त्यसकारणले हामी पनि सचेत हुन सकेनौं,’बराल भन्छन्,‘यसमा हामी र हाम्रो सिर्जनालाई दुरुपयोग गर्ने दुवै दोषी छौं । संगीतकर्मी र श्रोतालाई स्रष्टाले बौद्धिक सम्पत्तिको महत्वबारे खुलस्त जानकारी दिन नसक्दा गीतमा कपिराइटको समस्या देखिएको हो।’

संगीतकार बल्लभ दश वर्षअघि प्रतिलिपि अधिकारका विषयमा कुरा उठे पनि त्यो समयमा कानुन कमजोर भएकाले स्रष्टाले न्याय नपाएको बताउँछन् । ‘त्यो बेला स्रष्टाको सिर्जना चोरी हुँदा वा विना अनुमति अर्को सिर्जनामा मिसाउँदा लगाम लगाउने कानुन त थियो । तर त्यसको कार्यान्वयन पक्ष सफल भएको थिएन,’उनी भन्छन्,‘अहिले यो विषयको कानुन बलियो बनेको छ । संगीतमा लाग्ने शिक्षित युवा जमात पनि प्रतिलिपि अधिकारका विषयमा गम्भीर देखिएका छन् । यो सकारात्मक कुरा हो।’

संगीतकार अर्जुन पोखरेल पहिलेको समयमा संगीतमा विकृति थाहा नभए पनि अहिले प्रविधिको विकासले त्यो विकृति सतहमा ल्याउन मद्दत गरेको धारणा राख्छन् । ‘अहिले कभर गीत गाउने नाममा स्रष्टाका सिर्जनाको चोरी भइरहेका छन् । एक त उनीहरुले स्रष्टासँग अनुमति पनि लिँदैनन्, अर्को कुरा संगीतको लय नै मोडिदिएका छन्,’पोखरेल गुनासो गर्छन्,‘उनीहरुमा पुरानो घरमा रंग लगाउने अनि त्यो रंग लगाएको घर मेरो हो भनेर दाबी गर्ने बानी परिसकेको छ । यो काम तुरुन्त बन्द गर्नुपर्छ।’

अहिले गायकगायिका बन्न ‘स्वर परीक्षा’ पास गर्नै पर्ने बाध्यकारी अवस्था छैन । गायिका कोमल वलीको एउटा गीतबाट शब्द सापटी लिँदा ‘गोजीमा गाँठ र मनमा आँट’ भएका जोकोही पनि गायकगायिका बनिरहेका छन् र बन्नेक्रम पनि जारी नै छ । पछिल्लो समयमा मौलाएको डिटिजल प्रविधिले संगीतमा रुची राख्ने जोकोहीलाई पनि सजिलै गायकगायिका बनाइदिएको छ।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

टिभिएस अपाचे रेस ट्र्याकको छनोट रेस

टिभिएस अपाचे रेस ट्र्याकको छनोट रेस

नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस बाइक राइडरलाई लक्ष्य गरेर अघि सारेको नयाँ योजना टिभिएस अपाचे...

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकले ‘एनएमबि पूर्व–स्वीकृत आवास कर्जा’ सुरु गरेको छ । ...

स्कुललाई कुमारी बैंकको सहयोग

स्कुललाई कुमारी बैंकको सहयोग

कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको छ । ...

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले धितोमा आधारित लघुउद्यम कर्जा लगानी सम्वन्धी दुईदिने तालिम सम्पन्न गरेको छ । ...

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

आइएमईको डबलको डबलको डबल अफरअन्तर्गत सातौं हप्ताको विजेता घोषित भएका छन् । ...

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

नेपालको बृहत् अनलाइन सपिङ साइट दराजले संसारकै सबैभन्दा ठूलो सेल ११.११ सफलतापूर्वक पूरा गरेको जनाएको छ । ...

एप्पलको नयाँ म्याकबुक

एप्पलको नयाँ म्याकबुक

एप्पलले हिजो कुनै हो-हल्ला बिना नै आफ्नो नयाँ म्याकबुकलाई सार्वजनिक गरेको छ ...

विन्डोज १० को नयाँ अपडेट  - सुधारिएको ब्याट्री लाइफ र परफरमेन्स

विन्डोज १० को नयाँ अपडेट - सुधारिएको ब्याट्री लाइफ र परफरमेन्स

विन्डोज १० नोभेम्बर अपडेट आजको मितिबाट सबै विन्डोज १० प्रयोगकर्तालाई डाउनलोडका लागि उपलब्ध हुनेछ ...

Ncell Footer Ad