coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बस दुर्घटनामा बेपत्ता अझै भेटिएनन्

रौतहट-पोखरामा शिक्षक सेवा आयोगको परीक्षा दिन हिँडेका मुडवलवा २ का रामबालक जयसवाल, ३ का रविरँजन यादव र ८ का मुकेश राम सहित ६ जनाको अझै कुनै अत्तोपतो छैन।

शुक्रवार बिहान चितवन मुग्लीन सडक खण्डको चण्डीभनज्याङ्ग ६ कालिखोला क्षेत्रमा भएको यात्रुवाहक बस दुर्घटनामा परेर अझै ६ जनाको कुनै अत्तोपत्तो नहुँदा मुडबलवावासी तनावमा छन्। दुर्घटनामा परी राजपुर फरहदवाका ललनकुमार कलवार, झुनखुनवाका दिपेन्द्र सिह र सर्लाही सुदामाका राजु सिंह बेखवर छन्।

रौतहटको गौर बाट पोखराका लागी हिडेको ग १ ख ३७०१ नम्बरको यात्रु वाहक बस शुक्रवार बिहान त्रिशुली नदीमा खस्दा २२ जनाको मृत्यु भएको थियो। मृतक मध्ये १९ जनाको मात्र सनाखत भएको छ भने ३ जनाको शव चितवन अस्पतालमै रहेको रौतहट प्रहरीले जनाएको छ।

सनाखत भएका मध्ये १९ जनाको शव रौतहट ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले बताए। ५ भारतीय यात्रु र १४ जना रौतहटका व्यक्तिहरुको शव परिवारजनले चितवन बाट ल्याएको डिएसपी भण्डारीले जानकारी दिदै धार्मिक परम्परा अनुसार आजै उनीहरुको जन्मथलो गाउँमा दाहसँस्कार गरिएको छ।

यात्रु र चलाक गरी ४२ जना सवार बस त्रिशुलीमा खस्दा रौतहट मुडवलवाको एकै टोलका ५ जना हताहती भएपनि दुई जनाको मात्रै शव आएको र तीन जनाको अहिले सम्म कुनै अत्तोपत्तो नहुँदा गाउँनै शोकमा डुवेको छ।

यता बस दुर्घटनामा परी ज्यान गुमाएका युवाहरुको सम्झनामा शनिवार दिउँसो १ बजे देखि ५ बजे सम्म रौतहट सदरमुकाम गौर लगायत विभिन्न बजार क्षेत्र बन्द गरी शोक मनाएको छ। साथै रौतहटबासीहरुले नेपाल सरकारसंग मृतक परिवारलाई १० लाख र घाईतेलाई निशुल्क औषधि उपचार गराउन माग गरेको छ।   

 

प्रकाशित: ११ भाद्र २०७३ १४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App