८ वैशाख २०८१ शनिबार
समाज

५० हजार घुस सहित फार्मेसी अधिकृत पक्राउ

नेपालगन्ज – औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी अधिकृत तपेन्द्र भट्टराई ५० हजार घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा उनलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले रंगेहात पक्राउ गरेको हो।

मेडिकल दर्ता प्रकृयामा सहजता बनाईदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको उजुरीका आधारमा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरका प्रमुख ईश्वर कार्कीले जानकारी दिएका छन्।

प्रकाशित: ११ वैशाख २०७५ १६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App