प्रदेश नं. २ का सरकारद्वारा बजेट प्रस्तुत

मङ्गलबार, ११ बैशाख २०७५, २० : ५२ नागरिक

महेन्द्रनगर – प्रदेश नं २ कोे सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को तीन महिनाका लागि आज प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका हुन्।

कुल विनियोजनमध्ये चालुतर्फ रु ५७ करोड ८० लाख ३१ हजार अर्थात् ५६ दशमलव ६४ प्रतिशत र पूँजीगततर्फ रु ४४ करोड २४ लाख ६८ हजार अर्थात् ४३ दशमलव ३६ प्रतिशत रहेको छ।

प्रदेशको विकास र समृद्धिका लागि कृषि, सिँचाइ, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, साना तथा घरेलु उद्योग, निजी क्षेत्रको विकास, सूचना प्रविधिको विकास, सामाजिक पूँजीको परिचालन, रोजगारी सृजना जस्ता बिषयलाई बजेटमा समावेश गरिएको छ।

चालु आवको बजेटमा सुशासन, नीतिगत, कानूनी र संरचनागत पूर्वाधार निर्माण, सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि, समाजिक सुरक्षा, संघ र स्थानीय तहसँग सहकार्य, समन्वय र साझेदारीको संस्कृति विकास, सार्वजनिक खर्चमा वित्तिय अनुशासन र पारदर्शिता, वातावरणीय स्वच्छता अभिवृद्धि प्रदेशको ऐतिहासिकताको संरक्षण र प्रवद्र्धन, प्रकोप व्यवस्थापन, महिला सशक्तीकरण र क्षमता विकास तथा प्रदेश प्रोफाइल निर्माणलाई प्राथमिकतामा राखिएको छ।

प्रस्तुत बजेटमा स्वच्छ प्रदेश :  स्वस्थ जनता कार्यक्रमअन्तर्गत मुख्यमन्त्री स्वच्छता अभियानका लागि रु एक करोड ५० लाख, किसानको हित : सरकारको जित कार्यक्रमअन्तर्गत कृषि क्षेत्रका विकासका लागि नौ करोड, राहत तथा पुनः स्थापनाअन्तर्गत प्राकृतिक प्रकोपबाट प्रभावित पीडितको तत्काल उद्धार, राहत र उपचारका लागि प्राकृतिक विपद् व्यवस्थापन कोष स्थापनाका लागि दुई करोड, मुख्यमन्त्री राहत तथा पुनः स्थापन कोषका लागि पाँच करोड, जंगली जनावरको आक्रमणबाट हताहत भएका नागरिकका परिवारजनको राहत तथा पुनः स्थापनाका लागि ५० लाख, मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानका लागि ८० लाख, संसद् विकास कोषअन्तर्गत प्रत्येक सांसदलाई रु १०/१० लाखका दरले १० करोड ७० लाख तथा दुई वा दुईभन्दा स्थानीय तह जोड्ने सडक निर्माण, स्तरोन्नति र मर्मतसम्भारका लागि चार करोड ८० लाख रकम विनियोजन गरिएको छ।

प्रस्तुत बजेटमा नयाँ कर लगाइएको छैन भने सरकारले उपलब्ध गराएको बजेटकै आधारमा बजेट बनाइएकाले यथार्थपरक रहेको बताइएको छ।

मन्त्री यादवले प्रस्तुत गरेको बजेट वक्तव्यको टेबुलसमेत गरिएको छ। अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने छ। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad