८ वैशाख २०८१ शनिबार
राजनीति

मर्यादाक्रममा रहेको त्रुटि हटाउने गृहमन्त्रीको भनाइ

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको सरकारले निर्धारण गरेको मर्यादाक्रममा केही त्रुटि रहे त्यसलाई हटाइने बताएका छन्।

मंगलबार गृह मन्त्रालयमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको नेतृत्वमा आएको प्रतिष्ठानको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले मर्यादाक्रममा केही त्रुटि रहेको आफूले पनि महसुस गरेको बताए।

उनले भने, ‘मर्यादाक्रममा विषयमा टिप्पणी आएका छन्, केही टिप्पणी जायज देखिन्छन्। तिनलाई सच्याउन आवश्यक प्रक्रिया अगाडि बढाइन्छ।’ प्रतिष्ठानका कुलपति, उपकुलपतिको मर्यादाक्रम विगतमा भन्दा तल पारिएको भन्दै प्रतिनिधिमण्डलले सो सच्याउन आग्रह गरेको थियो।

यस्तै प्राज्ञलाई मर्यादा क्रममा नै समावेश नगरिएकाले त्यसलाई समेत सच्याउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ। गृहमन्त्री थापाले प्राज्ञिक क्षेत्रको सम्मानमा सरकार प्रतिबद्ध रहेकोसमेत बताए। रासस

प्रकाशित: ११ वैशाख २०७५ १४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App