८ वैशाख २०८१ शनिबार
समाज

नागरिककर्मी पौडेललाई बारबरा खोजी पत्रकारिता अवार्ड प्रदान

नागरिक दैनिकका बरिष्ठ संवाददाता दिलीप पौडेललाई बारबरा एडम्स खोजी पत्रकारिता अवार्ड–२०१७ प्रदान गर्दै पूर्व राष्ट्रपति रामबरण यादव। तस्बिरः नागरिक

काठमाडौं – नागरिक दैनिकका बरिष्ठ संवाददाता दिलीप पौडेललाई बारबरा एडम्स खोजी पत्रकारिता अवार्ड–२०१७ प्रदान गरिएको छ। बारबरा फाउन्डेसनले स्वर्गीय बारबरा एडम्सको जन्मजयन्तीको अवसरमा मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा पूर्व राष्ट्रपति रामबरण यादवले नागरिककर्मी पौडेललाई एक लाख एक रुपैयाँ राशी सहित सम्मान पत्र प्रदान गरे।

खोजी पत्रकारितको अभिवृद्धि गर्न र यसका माध्यमबाट नेपाली समाजमा व्याप्त भ्रष्टाचारलाई अन्य गर्न योगदान पु-याएकाले सम्मान प्रदान गरिएको फाउन्डेसनले जनाएको छ। नेपाल आयल निगम नेतृत्वबाट भएको जग्गा खरिदसम्बन्धि लगायतका विषयमा सिसिलाबद्ध खोजी रिपोर्टिङ गरी भ्रष्टाचार तथा अनियमितताको खुलासा गर्दै नेपाली समाजलाई सचेत गराएको फाउन्डेसनले नागरिकर्मी पौडेललाई प्रदान गरेको सम्मान पत्रमा उल्लेख छ।

उक्त अवसरमा ‘क्रसर डनको दबदबा’ शीर्षकको खोजी रिपोर्टका पत्रकार कल्पना भट्टराईलाई  १० हजार एक रुपैयाँको प्रोत्साहन सम्मान प्रदान गरिएको थियो। सन् २०३१मा अमेरिकाको न्युओर्कमा जन्मेकी स्वर्गीय बारबरा एडम्स ५५ वर्ष नेपालमा रहेर पत्रकारिता र समाजसेवा गरेकी थिइन्। पत्रकारका रुपमा ब्रिटिस महारानी एलिजावेथको नेपालको राजकीय भ्रमणमा रिपोर्टिङमा आएकी बारबरा लामो समय यहाँ बसेर काम गरेकी थिइन्।

प्रकाशित: ११ वैशाख २०७५ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App