coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कारागारमा कैदीबन्दीकै तालाबन्दी

प्रजिअ र एसपी सहित प्रशासनको टोली कारागार शाखामा कैदीबन्दीसँग वार्तागर्दै। तस्बिर : नरहरि/नागरिक

गोरखा – जिल्ला कारागार शाखा गोरखमा मंगलबार बिहानैदेखि कैदीबन्दी तालाबन्दी गरेर आन्दोलित भएका छन्। त्यहाँ रहेका नाइके, भाइनाइके, चौकीदारले कैदीबन्दीलाई शोषण, भेद्भाव र दमन गरेको भन्दै अन्य कैदीबन्दी बिरोधमा उत्रिएका हुन्।

‘बिहानैदेखि ताला लगाएर नाइके,भाइनाइके, चौकीदार १२ जनालाई अन्यत्र पठाउनुपर्छ भन्दै आन्दोलन गरिरहेका छन्’ कारागार शाखा गोरखाका जेलर शसिधर सुवेदीले भने। कारागार शाखामा रहेका ८० जना कैदीबन्दीले उनीहरु बिरुद्ध आन्दोलन गरेको उनले बताए।

अहिले कारगारमा एक सय जना पुरुष र ९ जना महिला कैदीबन्दी छन्। पुरुष कैदी बन्दी बिच बिवाद भएको हो। मंगलबार दिनभर गोरखा कारागार तनाबग्रस्त बन्यो। कैदिबन्दीले मूख्य गेटमै तालाबन्दी गरेका कारण अदालतको काम समेत प्रभावित बन्यो।

टेलिफोन गर्दा कमिसन लिने गरेको, कैदीबन्दीसँग भित्र रहेको भाँडा, औजार प्रयोग गर्दा पैसा लिने गरेको, कैदीबन्दीबाट मासिक उठेको १७ हजार मध्ये आठ हजार लिने गरेको, रातको समयमा मदिरा सेवन गरेर थर्काउने गरेको गुनासो अन्य कैदीबन्दीको छ। नाइकेहरुले भेटघाटका लागि आएका आफन्तलाई जिस्क्याउने, दुब्र्यवाहार गर्ने गरेको छुटेर जाने बन्दीसँग पैसा असुल्ने गरेको जस्ता आरोप आन्दोलित कैदीबन्दीको छ। उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई संवोधन गरी बिभन्न १२ बुँदे समस्या देखाउँदै तत्काल गोरखा कारागारबाट अन्यत्र सार्न माग राखेका छन्।

कारागारमा तनाब बढेपछि बिहानैदेखि प्रहरी निरीक्षक, प्रशासन कार्यालयका कर्मचारीले छलफल र वार्ताको प्रयास गरेपनि सफल हुन सकेन। दिउँसो करिब ३ बजे प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, एसपी प्रकास अधिकारी आफैँ पुगेर कारागारका कैदीबन्दीसँग बर्ता गरेका थिए।

प्रमुख जिल्ला अधिकारी जेल बाहिर र कैदीबन्दी भित्र बसेर बर्ता गरेका हुन्। उनीहरुले कारागार भित्र जाने ढोकामा लगाएको ताला नखोल्दा प्रमुख जिल्ला अधिकारी बाहिर बसेरै बर्ता गरेका थिए। बर्ताका क्रममा प्रमुख जिल्ला अधिकारीले आन्दोलनरत पक्ष, नाइके पक्षबाट एक एक जना र प्रहरी निरीक्षक जेलर र प्रशासनका कर्मचारी सहि ५ सदस्यीय छानबिन समिति बनाएर अनुसन्धान गर्ने बताएका छन्।

तर कैदीबन्दीले ८० जनालाई दमन गरेर राखेकाले तत्काल धेरै शोषण गर्ने पाँच जनालाई स्थानान्तरण गर्नुपर्ने अडान राखेका थिए। अन्ततः प्रजिअ र एसपीसँगको लामो छलफलपछि छानबिन गरी दोषिलाई कारवाही गर्ने बताएपछि ताला खोलिएको जेलर सुवेदीले बताए।

प्रकाशित: ११ वैशाख २०७५ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App