coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'देशमा अस्थिरता सिर्जना गर्न विदेशी चलखेल'

इटहरी– नेकपा एमाले सचिव भीम आचार्यले देशमा अस्थीरता सृजना गर्न विदेशी चलखेल जारी रहेको बताएका छन्। उनले देशको राजनीति र सरकारलाई अस्थिर पार्ने लक्ष्य राखेर चलखेल जारी राखेको बताए।

‘विदेशी चलखेलकै कारण संविधान नै विफल बनाउने खेल पनि भइरहेको छ,’ सचिव आचार्यले शनिबार इटहरी साना शहरी खानेपानी तथा उपभोक्ता संस्थाको १२ औं परिषद् बैठक तथा साधारणसभाको उद्घाटनका कार्यक्रममा भने। उनले राजनीतिक दलभित्र गुटबन्दीको राजनीति गराएर संविधान नै विफल बनाउने प्रयास भइरहेकाले सचेत रहनुपर्ने बताए ।

‘सरकार परिवर्तन गराएर राजनीतिक दलहरु एक ठाउँमा बस्न नपाउने गरी गुटगत राजनीति गराउने कार्यमा विभिन्न कोणबाट प्रयत्न भइरहेको छ,’ उनले भने, ‘सबै दलहरुले पनि सचेत हुनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन।’

साधारणसभाका क्रममा खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईंले इटहरीमा जनसंख्याका चाप बढेसँगै उपभोक्ताको साझेदारीमा १२ करोड १२ लाख ६९ हजार  ६ सय १९ रुपैयाँको लागतमा थप तीन स्थानमा पानीको आपूर्तिको परिमाणलाई बढाउने परियोजना पूरा भएको बताए। इटहरीमा अहिले भएका ११ हजार ९ सय ४१ बाट बढाएर दैनिक नियमित रुपमा २१ हजार ४ सय ६५ वटा निजी धाराहरु नियमित रुपमा सञ्चालन हुन सक्ने गरी क्षमता विस्तार गरिसकिएको जानकारी दिए ।

 

प्रकाशित: ११ भाद्र २०७३ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App