७ वैशाख २०८१ शुक्रबार
राजनीति

जनप्रतिनिधीलाई स्वास्थ्य बिमा बारे जानकारी

जनप्रतिनिधीलाई स्वास्थ्य बिमा कक्ष दिइँदै : डिबी बुढा/नागरिक

जुम्ला – तिला गाउँकार्यपालिका सदस्य वाटु बुढा स्वास्थ्य बिमा बारेमा जानकार थिइनन्। सामान्य गाउँघरमा स्वास्थ्य बिमाको चर्चा भएको सुन्ने गरेकी उनलाई स्वास्थ्य बिमा बारे जान्ने उत्सुकता थियो। तपाइको स्वास्थ्य हाम्रो अठोट भन्ने मान्यताका साथ जनप्रतिनिधिलाई स्वास्थ्य बिमा कक्ष सञ्चालन भएपछि स्वास्थ्य बिमाका बारेमा स्पष्ट भइन। उनले भनिन, ‘स्वास्थ्य बिमा गराउन आम मतदातालाई सघाउँछु। बिमा गरेर स्वास्थ्य सेवा सुरक्षित गराउनको लागि उत्प्रेरणा दिन्छु।

स्वास्थ्य शाखा तिला गाउँपालिकाले जनप्रतिनिधीलाई भेला गराएर स्वास्थ्य बिमाका बारेमा सहजीकरण गरेपछि सबै प्रकारको अन्यौलता हटेको छ। तर बिमा गरेका परिवारका सदस्य उपचारका लागि आफुले रोजेको प्रथम बिन्दुको स्वास्थय संस्थामा पुग्दा औषधी नहुने गरेको पाइएको गुनासो आएको थियो। जिल्लामा स्वास्थ्य बिमा गर्नेको लहर चलेको छ, तर बिमा कार्यक्रमले तोकेको औषधी उपलव्ध नहँुदा खरिद गरेको औषधी प्रयोग गर्नु परेको जनप्रतिनिधीहरुले बताए।

उनीहरुले बिमा गरेको परिवारले सरकारी स्वास्थ्य संस्था तथा अस्पतालहरुमा सबै प्रकारका औषधीको प्रवन्ध मिलाउनको लागि माग गरे। स्वास्थ्य बिमा कार्यक्रमको उद्देश्य, सहभागिताका लागि दर्ता प्रक्रिया, सदस्यता दर्ता र सेवा सुरु हुने समय, कार्यक्रमको सुविधा योजना सम्बन्धी व्यवस्था, बिमाले उपलव्ध नभएका सेवा सुबिधा, स्वास्थ्य सेवाको उपभोग, प्रेषणको व्यवस्था र सोधपुछ तथा गुनासोको व्यवस्था लगायताका विषयमा सहजीकरण गरिएको थियो।

कुनैपनि परिवार कार्यक्रमको सदस्य बन्न चाहेमा ५ जनासम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार दूई हजार ५ सय रुपैयाँ तिर्नुपर्छ। परिवारमा ५ जना भन्दा बढी सदस्य भए प्रति थप सदस्यको ४ सय २५ रुपैयाँ रकम तिर्नुपर्छ।  बिमा गरेपछि कस्मेटिक सर्जरी, सहायक यन्त्रहरु, ५ सय बढी मूल्यका चस्मा, दाँत उपचारका सेवाहरु, कृत्रिम गर्भाधानका सेवाहरु, व्यक्तिगत झै झगडाका कारण चोटकपटक लागि उपचार सेवा, मादक वा लागूपदार्थ सेवनका कारणबाट भएको दुर्घटना सम्वन्धी उपचार र गर्भपतनका सेवा सेबिधा उपलव्ध गराइदैन।

बिमा गरेवापत्त बिमा कार्ड उपलव्ध गराइन्छ। स्वास्थ्य बिमा गर्न प्रत्येक वार्डमा दर्ता सहयोगी राखिएका छन्। प्राप्त सेवालाई बढाउँदै लैजानु, स्वास्थ्य सेवा पाउनु पहुच वृद्धि गर्न र खर्च कम गर्न सघाउ पु-याउनको लागि स्वास्थ्य बिमा प्रभावकारी बन्दै गएको छ।

दर्ता सहयोगीलाई सम्पर्क गरेर स्वास्थ्य बिमा कार्यक्रमलाई सहयोग गर्न बिमा कार्यक्रम संयोजक प्रेम भण्डारीले जानकारी दिए। उनले भने, ‘स्वास्थ्य बिमा कार्यक्रमले जनताको स्वास्थ्य अवस्थालाई मजवुद वनाउनको लागि मद्दत पुगेको छ। यो अभियानलाई सार्थक निष्कर्षमा पु-याउनको लागि सवैको हातेमालो आवश्यक छ।’

बिमा गरेपछि १ हजार १ सय १८ प्रकारको औषधी निशुल्क पाइन्छ। कर्णालीका चार वटा जिल्लामा सुरु भइसकेको छ। साविकको कर्णालीमा ३५ हजार ६ सय ४३ जनाले स्वास्थ्य बिमा गरेकोमा तिला गाउँपालिकाका १ सय ८५ घरधुरीका ९ सय १८ जनाले स्वास्थ्य बिमा गरेका हुन्। जुम्लामा २०५३ जनाले स्वास्थ्य विमा गरेकोमा ५४ लाख ६० हजार ४ सय २५ रुपैयाँ संकलन भइसकेको छ।

तिला गाउँपालिका उपाध्यक्ष बिष्णु बुढाले स्वास्थ्य बिमा कार्यक्रमलाई पहुँच बिहिन बर्गसम्म पु¥याउनको लागि सुुझाव दिइन्। उनले बिमाले तोकेको सेवा सुविधा जुम्लामै पाउनु पर्ने व्यवस्थाका लागि सबैको पहल आवश्यक भएको वताइन्।

प्रकाशित: ११ वैशाख २०७५ ०८:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App