coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

परीक्षा मर्यादित र शान्तिपूर्ण बनाइने

भक्तपुर – यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा १२ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा ११ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय काठमाडौंले आयोजना गरेको गोष्ठीमा सहभागीले भक्तपुरमा परीक्षालाई नमूनाका रुपमा सञ्चालन गर्ने प्रतिबद्घता जनाएका छन्।

नियमित विद्यार्थीका हकमा सम्भव भएसम्म पोशाक अनिवार्य गर्न, परीक्षा कक्षमा परीक्षार्थीले लगबुक, ग्राफपेपर, क्यालकुलेटर, गोश्वारा भौचर, कलम, मसी, इन्स्टुमेण्ट बक्स र मलेप फाराम मात्र लान पाउने व्यवस्था गर्ने, परीक्षा सञ्चालन अवधिमा समस्या आएमा सम्बन्धित निकायमा टिपाउने र प्राप्त निर्देशनबमोजिम परीक्षा सञ्चालन गर्ने प्रतिबद्घता व्यक्त गरेका छन्।

कार्यक्रममा प्रजिअ एवं जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष द्रोण पोखरेलले उपलब्ध स्रोत साधनलाई अधिकतम प्रयोग गरेर भक्तपुरमा कक्षा ११ र १२ को परीक्षालाई नमूनाका रुपमा सञ्चालन गर्न सरोकार भएका सबैलाई आग्रह गरे। परीक्षा बोर्ड शाखा कार्यालय काठमाडौंका प्रमुख जंगबहादुर अर्यालले परीक्षाको आचारसंहिता पूर्णरुपमा पालना गर्दै काम गर्न आग्रह गरे।

जिल्ला शिक्षा विकास तथा समन्वय समितिका प्रमुख अर्जुन रायमाझीले नयाँ संरचनामा सबैको चासो रहने कक्षा ११ र १२ को परीक्षा थप मर्यादित बनाउन सरोकार भएका सबैको उत्तिकै जिम्मेवारी रहेको बताए।    (रासस)

प्रकाशित: ११ वैशाख २०७५ ०७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App