७ वैशाख २०८१ शुक्रबार
समाज

फरार अभियुक्त १९ वर्षपछि पक्राउ

गुलरिया – उन्नाइस वर्षअघि एक जनाको हत्या गरी फरार रहेका दोषीलाई प्रहरीले मंगलबार बुटवलबाट पक्राउ गरेको छ।

गुलरिया–२ खैरापुरका नवराज पौडेलको हत्याका दोषीमध्येका ६५ वर्षीय पीताम्बर ढकाललाई बुटवल—१६ देवीनगरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

पौडेललाई २०५५ चैत १६ गते आपसी लेनदेनका विषयमा विवादपछि हत्या गरिएको थियो। ढकाललाई जिल्ला अदालतले २०५८ माघ २२ मा २० वर्ष कैद फैसला सुनाएको थियो। उनी बुटवलमा बस्दै आएका थिए।

पौडेल हत्याका ५ आरोपितमध्ये २ जनालाई अदालतले सफाइ दिएको छ। अन्य दुई अझै फरार छन्। पौडेलको शव हत्या गरी गहुँबारीमा फालिएको अवस्थामा १३ दिनपछि फेला परेको थियो।   (रासस)

प्रकाशित: ११ वैशाख २०७५ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App