८ वैशाख २०८१ शनिबार
कला

छ स्रष्टालाई सङ्गीतनाट्य पुरस्कार

काठमाडौं – नेपाल संगीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठानले यस वर्षको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ छ जनालाई दिइने घोषणा गरेको छ।

यस वर्षको नाट्य विधातर्फको पुरस्कार नाटक तथा रङ्गक्षेत्रमा लामो समयदेखि योगदान पु¥याएवापत वरिष्ठ नाट्यविद् रामावतार यादव, संगीततर्फको पुरस्कार वरिष्ठ गीतकार किरण खरेल, नृत्यतर्फको पुरस्कार वरिष्ठ नृत्यांगना सुभद्रा अधिकारी र गायनतर्फ वरिष्ठ लोकगायक लक्ष्मीप्रसाद जोशीलाई दिइनेछ।

यसैगरी शास्त्रीय तथा परम्परागत संगीत विधातर्फको प्रज्ञा पुरस्कार वरिष्ठ पौराणिक तथा शास्त्रीय वाद्यवादक एवं गायक पुष्परत्न तुलाधर र रङ्गमञ्च विधातर्फको प्रज्ञा पुरस्कार वरिष्ठ नाट्यकर्मी मदनदास श्रेष्ठलाई प्रदान गरिनेछ।

यसअघि प्रतिष्ठानले प्रज्ञा पुरस्कार चार विधामा प्रदान गर्दै आएको थियो। यस वर्षदेखि दुई विधा थप गरेर छ विधामा वितरण गर्न लागिएको सदस्य सचिव गणेश रसिकले जानकारी दिए। संगीत, नाट्य, नृत्य, लोकसंगीत, नाट्य, परम्परागत तथा शास्त्रीय संगीत र रंङ्मञ्च विधामा प्रदान गरिने ती पुरस्कारको राशि जनही १ लाख १ र साथमा ताम्रपत्र रहनेछ। पुरस्कार प्रतिष्ठानको आठौंँ वार्षिकोत्सवका अवसरमा दिइनेछ।   (रासस)

प्रकाशित: ११ वैशाख २०७५ ०६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App