जानकी दिवस मनाइँदै

मङ्गलबार, ११ बैशाख २०७५, ११ : ३२ नागरिक

बर्दिवास – वैशाख महोत्तरीसहितका मिथिला क्षेत्रमा आज जानकी नवमी उत्सव मनाइँदै छ।

वैशाख शुक्ल नवमीका दिन त्रेता युगमा राजा जनकले हलो जोत्दा धर्तीबाट जानकी(सियोबाट उत्पति भएकाले सीता नामकरण) उत्पति भएको विश्वासमा मिथिलामा यस दिनलाई जानकी नवमी पर्वका रुपमा मनाइन्छ।

पर्वका अवसरमा मटिहानीस्थित लक्ष्मीनारायण मठमा आज बिहानैदेखि जानकी जन्म उत्सव मनाइँदै छ। नेपाल र भारतका साधु, सन्त र सर्वसाधारण मठको जानकी महोत्सवमा सहभागी छन्। लक्ष्मीनारायण मठ मुलुकभरकै मठमध्येको मुख्य मठ र यहाँका महन्थ ‘मानमहन्थ’ भनिन्छन्।

मिथिला, जानकी, जनकनन्दिनी, किशोरीजीसहितका नामले पुकारिने विदेहराज जनक (शिरध्वज) की पुत्री सीता राजा जनकले हलो जोत्दा तत्कालीन मिथिला क्षेत्रको पुनौरा (हाल भारतको सीतामढी जिल्ला) भन्ने ठाउँमा आजकै दिन हलोको टुँडोले उप्काएको माटाबाट उत्पति भएको विश्वास गरिन्छ। आफ्नो विद्वता, सहनशीलता र स्वधर्म निर्वाहले आदर्श नारी सीता मुलुककै गौरव भएकीले मिथिलामा मात्र नभई मुलुकभर नै यो पर्व मनाइनुपर्ने मठका उत्तराधिकारी रवीन्द्रदास वैष्णव बताउछन्।

मिथिला (विदेह) मा अनिकाल पर्दा राजा जनकले हलो जोते पानी पर्छ भन्ने विद्वत मत आएपछि जनकले आफ्नो राज्यभर हलो जोत्न शुरु गर्दा पुनौरामा सीता उत्पति भएकी मानिन्छ। जानकीले माइती मात्र नभएर आफ्नो घर (भारतको तत्कालीन अवध, जसको राजधानी अयोध्या मानिन्छ) को गौरवसमेत बढाएर आदर्श नारी बनेकी थिइन्।

जानकी नवमी पर्वमा धार्मिक प्रवचन, रामायण वाचन, सीता जन्मसम्बन्धी लघुनाटक प्रदर्शन र रात्रिकीर्तनका कार्यक्रम मिथिला क्षेत्रका मन्दिर, मठ र धार्मिकस्थलमा आयोजन गरिएका छन्। प्रदेश सरकारले जानकी नवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि पर्व सबैको सहभागितामा उल्लासमय वातावरणमा मनाउन सहज भएको यस क्षेत्रका सर्वसाधारण बताउँछन्।   (रासस)





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad