coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चेरी फेशनवेयरको ठगीधन्दा

काठमाडौँ  – ललितपुर कुमारी पाटीस्थित चेरी लेडिज् फेशन वेयरले सरकार र ग्राहकलाई ठगी गर्दै आइरहेको पीडित उपभोक्ताले बताएका छन्। कुमारी पाटीस्थित चेरी लेडिज फेसन वेयरले आफ्नो पसलबाट बिक्री गरेका कुनै पनि लुगा, ब्यागलगायतका सामानको बिक्री बिल दिने गरेको छैन।

उक्त पसलमा बजार मूल्यभन्दा दोब्बर मूल्यवृद्धि गरी सामान राख्ने र ५० प्रतिशतसम्म छूट दिने र सेल अफर भन्दै ग्राहकलाई लुट्ने गरेको पीडित उपभोक्ताहरुको भनाइ छ। उक्त पसलले गुणस्तरहीन सामग्री महँगो मूल्यमा बिक्री गर्ने,ग्राहकलाई भ्याटबिल नदिने र सरकारलाई राजस्व समेत छली गर्दै आइरहेको पाइएको छ। उक्त पसलमा सामान खरिद गरेपछि भ्याट बिल माग्दा बिल नभएकाे पसल सञ्चालिकाले बताउने गरेको पीडित ग्राहकले गुनासाे गरेका छन्।

सरकारले लत्ता, कपडालगायत बिक्री गरेपछि भ्याट बिल दिनुपर्ने नियम बनाएको छ। तपाईं किन भ्याट बिल दिनुहुन्न भन्दा पसल सञ्चालिकाले यस क्षेत्रका कसैले पनि भ्याट बिल दिँदैनन्, त्यही भएर म पनि भ्याट बिल कहिल्यै काट्दिन भन्ने जवाफ दिएको पीडित ग्राहकको गुनासो छ । पसल सञ्चालिकाको जवाफ सुन्दा उक्त पसल कुनै पनि सरकारी निकायमा दर्ता नभएको र उसले हालसम्म कुनै राजस्व नतिरेको प्रमाणित हुन्छ। यसरी देशको केन्द्रमा बसेर  व्यापारका नाममा जनता लुट्ने र राजस्व छल्ने व्यापारीलाई तत्काल सम्बन्धित निकायले छानबिन गरी कारवाही गर्नुपर्ने पीडित ग्राहकको माग रहेको छ।

 

 

 

प्रकाशित: ११ वैशाख २०७५ ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App