१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आवधिक नगर विकास योजना निर्माण

आवधिक नगर विकास योजनाको मस्यौदा सार्वजनिक गर्दै मुख्यमन्त्री शेरधन राई लगायत । तस्बिर : दमन राई/नागरिक

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक योजना सार्वजनिक गरिएको छ । तीन महिना लगाएर निर्माण गरिएको नगरपालिकाको आवधिक नगर विकास योजनाका अन्तिम मस्यौदा सोमबार सार्वजनिक गरिएको हो।

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, नेपाल सरकारका सचिव दिनेश थपलिया र जिल्ला समन्वय समितिका प्रमुख बबी चामलिङले संयुक्तरूपमा मस्यौदा सार्वजनिक गरेका हुन्।

नगरलाई आधुनिकीकरण गर्दै देशकै नमुना र गन्तव्य नगर बनाउने लक्ष्यका साथ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुलुकका स्थानीयतहमध्ये सबैभन्दा पहिला पाँचवर्षे आवधिक नगर विकास योजना निर्माण गरेको हो।‘नगरबासीको रहरः समाजवाद उन्मुख सभ्य र सम्मृद्ध नगर’ भन्ने नारासहित नगरपालिकाले विभिन्न विषयगत क्षेत्रको प्राथमिकीकरण गर्दै गत माघ ३ गतेदेखि आवधिक नगर विकास योजना निर्माण सुरु गरेको थियो।

भिजन, मिसन र लक्ष्यसहितको भौतिक विकास, शिक्षा, स्वास्थ्य लगायतको प्राथमिकता निर्धारणका काम पूरा गरेर दीर्घकालीन र अल्पकालीन आवधिक नगर विकास योजना निर्माण गरिएको मेयर दिपनारायण रिजालले बताए। स्थानीय विकास मन्त्रालयले देशमा ९० वटा आधुनिक सहर विकास गर्ने योजना अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट कार्यान्वयन सुरु गरेको जनाएको छ।

x

प्रकाशित: ११ वैशाख २०७५ ०१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App