८ वैशाख २०८१ शनिबार
समाज

मुग्लिन सडकमा लगातार दुर्घटना, त्रिशुलीमा खस्यो ट्रक (भिडियो)

नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट त्रिशुली नदीमा खसेको ट्रकका यात्रुको उद्दार गरिएको छ। शनिबार बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका सात जना यात्रुको प्रहरीले उद्धार गरेको हो।

मुग्लिनबाट नारायणगढतर्फ गएको ना३ख ४५५६ नंको ट्रक त्रिशूली नदीमा खसेको थियो। ट्रक पानीमा डुबेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। ट्रकबाट तीन बालबालिका, दुई महिला र दुई पुरुषको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा रहेका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार घाइते भएका उनीहरुलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ ।

शुक्रबार सोही सडक खण्डमा भएको बस दुर्घटनामा २२ जना यत्रुको निधन भएको थियो।

भिडियोमा हेर्नुस् शनिबार ट्रक खसेको दुर्घटनास्थलः

 

प्रकाशित: ११ भाद्र २०७३ १०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App