८ वैशाख २०८१ शनिबार
समाज

जिल्ला शिक्षा अधिकारीविरुद्ध बलात्कार मुद्दा दर्ता

बर्दिया– जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपाल विरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ।

नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुर्व्यवहार गरेको आरोप एक बालिकाले लगाएकी छन्। फुपुकोमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत विहीबार दुर्व्यवहारको सिकार भइकी थिइन्। उनको फुपुले सोही कार्यालयका कार्यालय प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्छिन्। विद्यालय छुट्टी भएको समयमा फुपुसँग बस्न आएकी बालिकालाई पढाउन भनेर प्रमुख नेपालले पाहुना कोठामा लगेको पीडित बालिकाको आरोप छ। 

फुपु खाना पकाउनका लागि किचनमा गएपछि प्रमुख नेपालले ढोकामा चुक्कुल लगाएर पढाउने बाहनामा दुर्व्यवहार गरेको आरोप छ। पढाउने बाहनामा अंगालो हाल्ने, गाला चिमोट्ने र खुट्टामा खुट्टाले स्पर्श गर्ने खालका क्रियाकलाप गरेर जिशिअ नेपालले बालिकालाई दुर्व्यवहार गरेको आरोप छ। नेपालको खोजी कार्य भइरहेको एसपी जनक भट्टराईले बताए। उनका अनुसार नेपालविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ। 

प्रकाशित: १० वैशाख २०७५ १६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App