coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आक्रमणकारीलाई पक्राउ गर्न रक्षामन्त्रीको निर्देशन

भक्तपुर- रक्षामन्त्री ईश्वर पोखरेलले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी परिषरका प्रमुखलाई निर्देशन दिएका छन्। 

साेमबार श्रेष्ठको स्वास्थ्य अबस्थाबारे बुझ्न मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित कोरियामैत्री अस्पताल पुगेका मन्त्री पोखरेलले प्रजिअ द्रोण पोखरेल र प्रहरी परिषरका प्रमुख एवं प्रहरी उपरीक्षक किरण राणालाई फोनबाट यस्तो निर्देशन दिएका हुन्। 

शनिबार साँझ चार जनाका समूहमा आएका व्यक्तिको आक्रमणमा परी घाइते भएका नगरप्रमुख श्रेष्ठसँग घटनाबारे जानकारी लिदैं मन्त्री पोखरेलले आक्रमण हुदाँको दृश्य मोबाइल र सिसी क्यामराको माध्यमबाट हेरर आक्रमणकारी चिन्न सकिने अवस्थामा हुँदाहुँदै पनि घटना भएको ४८ घन्टासम्म प्रहरीले उनीहरुलाई पक्राउ गर्न नसकेकोमा चिन्ता व्यक्त गरे।

उनले गृह मन्त्रीलाई भेटेर यसबारे जानकारी गराउने समेत बताए। 

यसैगरी साेमबार साँझ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रमुख श्रेष्ठको स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै आक्रमणकारीलाई तत्काल पक्राउ गर्न र प्रमुख श्रेष्ठको सुरक्षाको व्यवस्था गर्न आफूले पहल गर्ने बताए। रासस

प्रकाशित: १० वैशाख २०७५ १६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App