coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्थानीय सरकार आएपछि गाउँगाउँमा पक्की सडक

रौतहट– स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधिले आफनो कुल बजेटको ८० प्रतिशत रकम सडक सुरधार कार्यक्रम मै खर्च गरेको पाइएको छ। करिब दुई दशकसम्म  जन प्रतिनिधि विहिन वनेको अवस्थामा जिर्ण बनेका गाउँका सडकहरु स्थानीय सरकार गठन भएपश्चात रौतहटका अधिकांश स्थानीय तहले आफनो कूल बजेटको ८० प्रतिशत भन्दा बढि रकम सडक मर्मत तथा पक्कीकरण कार्य मै विनियोजित गरी धमाधम सड्क निर्माणमा जुटेको देखिएका छन्।

लामो समयदेखि जनप्रतिनिधि विहिन बनेको कारण पक्कि सडक र नालाको अभावमा स्थानीय बासिन्दाहरु कष्टकर जिवनयापन गर्न बाध्य थिए। मुलुकमा संघिय संरचना तथा स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका पदाधिकारीहरु आफना आफ्ना नगरपालिका र गाउँपालिकाको क्षेत्रमा रहेका पुराना एवं जिर्ण सडकहरुलाई स्थानीय बासिन्दाहरुको सहमतीमा विस्तार गरेर पक्किकरण गर्ने र सडक सुधार गर्ने यतिवेला अभियान कै रुपमा लिएको छ। 

जिल्लाको १६ नगरपालिका र दुई गाउँपालिका गरी १८ वटा स्थानीय तह मध्येका चन्द्रपुर नपा, कटहरिया नपा, गढीमाई नपा, माधवनाराण नपा, परोहा नपा, राजदेवी नपा, गुजरामाई नपा र दुर्गा भगवती गाउँपालिकाका भरीका हरेक वडामा अहिले युद्ध स्तरमा सडकलाई फराकिलो बनाउदै पक्किकरण संगै नाला निर्माणको कार्य धमाधम भईरहेको देखिएको छ।

बागमती र झाझ खोलाको बाढीबाट बर्षेणी पीडित रहँदै आएको दुर्गा भगवती गाउँपालिकाका स्थानीयहरुले गाउँका हरेक वडाको सडक संजाल नै पुनः निर्माण गर्नुपर्ने माग राखेका छन्। गाउँलेले जनप्रतिनिधि सित गरेको पहिलो माग वमोजिम बाटोको लेवल उठाएर सडकको स्तर उन्नतीका साथै पक्किकरण योजनाहरु समेत संचालन गरिएको गाउँपालिका अध्यक्ष अरुण साहले बताएका छन्। सडक बाहेक ग्रामिण विद्युतिकरण, विभिन्न सिप तथा आयमूलक कार्यक्रम, कन्या विद्यालयको अवधारणा यसपालीको बजेटमा प्रमुखताका साथ समेटिएर कार्य अगाडी बढाइएको अध्यक्ष साहले बताए। 

त्यसैगरी गढीमाई नगरपालिकाको संग्रामपुर, सुन्दरपुर, वरियारपुर, गम्हरिया पर्सा, लक्ष्मिपुर, धरमपुर, समनपुर लगायतका स्थानहरुमा करिव १० किलोमिटर सडक चालु आर्थिक बर्षको वजेटमा पक्कीकरण कार्य हुँदैछ। बर्षातको समयमा गाउका हरेक सडक हिलाम्मे बन्न थालेपछि स्थानीयलाई हिडडुल गर्न निकै अप्ठ्यारो भईरहेको कारण पक्कि (आरसिसी) गरी सडक निर्माण कार्य कार्य लगभग अन्तिम चरणमा पुगेको गढीमाई नपाका मेयर श्याम प्रसाद यादवले बताएका छन्। 

नगर सभाको समयमा स्थानीय बासिन्दाहरुले गाउको बाटोघाटो र सामुदायिक भवन तथा शिक्षा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन माग गरेपछि राजदेवी नगरपालिकाले पक्की सडक र भौतिक संरचनाको अभावमा वडा कार्यालयहरु संचालनमा निकै कठिनाई भईरहेकोले गरपालिकाबाट विनियोजित भएका बजेट तथा सिमा क्षेत्र विकास निर्माणको बजेटबाट २ वटा सामुदायिक भवन सहित करिव १० किलोमिटर सडकको पक्किकरण र नाला निर्माण युद्ध स्तरमा चलिरहेको मेयर का मेयर धिरेन्द्र सिंहले बताए। 

सुगम जिल्ला भएपनि अतिनै पछाडी परेका कटहरिया नगरपालिकाको मेयर सियाराम कुश्वाहाले नगरका कूल बजेट मध्ये ४० प्रतिशत रकम सडक मर्मत र पक्किकरणमा विनियोजन गरेको बताए। माधवनारायण नगरपालिकाको कार्यकारी अधिकृत प्रलव कायस्थले कूल बजेटको ८० प्रतिशत रकम बाटो फराकिलो गरेर पक्कि सडक निर्माणमा लगाइएको बताए। माटो र ग्रावेलको कार्य धेरै न्यून रुपमा भएपनि सवै योजना ठोस एवं दुर्गामी रहेको जसबाट जनतालाई प्रत्यक्ष रुपमा लाभान्वित हुने उनले स्पष्ट पारे। 

चन्द्रपुर, परोहा नगरपालिकामा पनि सडक एवं भवन निर्माणका कार्य धमाधम संचालनमा रहेको बताइएको छ। धेरै बर्षदेखि स्थानीय तह रिक्त रहँदा जनताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विकास निर्माणको योजनाहरु लथालिंग हुँदा त्यस भेगका जनताहरु कष्टकर जिवन व्यति गर्न बाध्य रहेपनि स्थानीय तहको गठनसंगै रौतहटका स्थानीय तहहरुमा जनतासंग प्रत्यक्ष सरोकार रहेका विकास योजनालाई प्राथमिकतामा राखेर परियोजनाहरु अगाडि बढाउँदा जनताहरु निकै हर्षित भएको परोहा नगरपालिकाका मेयर शेख वकिलले बताए।

जिल्ला समन्वय समिति रौतहटका एन्जिनियर दिपेन्द्र यादवले अहिले रौतहटको १८ स्थानीय तह मध्ये ८ वटा स्थानीय तहका जनप्रतिनिधिले स्थानीयको माग वमोजिक सडक संञ्जाल निर्माण कार्यमा जुटेको बताए। जिल्ला समान्वय समितिले गाउँगाउँमा जनताले पाएको सिंहदरबारले गरेको कामकाजको समय समयमा अनुगमन समेत भइरहेको बताए।

प्रकाशित: १० वैशाख २०७५ १४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App