सुदूरपश्चिम पृतना हेडक्वार्टरकाे हतियार गायब प्रकरण

सैन्य अनुसन्धानमा धामीझाक्रीको प्रयोग

शनिबार, ११ भदौ २०७३, १५ : ४६ नागरिक

अरुण बम

डोटी-सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट हतियार हराएपछि (साउन २१ मा) सेनाले त्यसको छानविनका लागि ‘कोर्ट अफ ईन्वाइरी बोर्र्ड’ गठन गर्‍यो। त्यो बोर्डले अनुसन्धानका क्रममा निगरानीमा राखिएका सैनिक कर्मचारीलाई ब्यापक यातना दिईरहेको कुरा बाहिर आयो। यसै यातनालाई सहन गर्न नसकेर निगरानीमै रहेका सैनिक हबल्दार दीपक बहादुर खड्काले आत्महत्या गरेको स्रोतको दाबी छ।

परिवारस्रोतका अनुसार उनको मृत शरीरमा निलडामहरु थिए । जुन कडा यातनाबाट सिर्जित थिए । उनको शवलाई पत्रकार तथा अन्य ब्यक्तिहरुलाई हेर्न समेत दिईएको थिएन।

यसै बिषयमा सैनिक प्रवक्ता तारा बहादुर कार्कीसंग प्रतिक्रिया लिदा सेनाले आफ्नै बिधिप्रक्रिया अनुसार अनुसन्धान गरेको बताएका थिए । उनले नेपाली सेना आजको यूगमा पनि शारीरिक र मानसिक यातनाबाट सत्य कुरा बाहिर निस्कन्छ भन्ने कुरामा बिश्वस्त नरहेको बताएका थिए। अनुसन्धानका क्रममा सेनाले आधुनिक शैली अपनाईरहेको उनको तर्क थियो।

तर, अनुसन्धान गर्न गठित बोर्डले भने, उनको भनाईको ठ्याक्कै बिपरित शैलीमा काम गरिरहेको छ। निगरानीमा रहेका सैनिक जवानहरुलाई चरम यातना त दिईएको छ नै, यो संगै राज्यको प्रमूख सुरक्षा अंगको अनुसन्धान प्रक्रियाका झन् ‘हाँस्यास्पद् चर्तिकला’ समेत देखिन थालेका छन्। बोर्डले हराएको हतियारबारे पत्ता लगाउन धामीझाँक्रीको प्रयोग गर्न थालेको छ।

स्रोतका अनुसार बोर्डले घटना घटेको एकसातापछि पृतना आसपासका धामीझाँक्रीहरुबाट ‘देवता औतारी’ हतियार कहाँ हराएको हो भनी ‘सोधनी’ शुरु गरेको थियो। तर, त्यो सोधनीबाट कुनै रहस्य बाहिर आउन सकेन। रहस्य खुल्न नसकेपछि उल्टै धामीलाई धम्क्याउने काम गरेको तीमध्येका एक धामीले बताए।  ‘दुईदिनसम्म लगे, सोधनी गरे। सोधनी गर्दा देबताबाट पनि कुनै कुरा निस्किएन्,’ ती धामीले भने, ‘केही कुरा निस्कन नसकेपछि उल्टै तिमीहरु केका देउता भनेर, यत्ति पनि पत्ता लगाउन नसक्ने भनेर लगाएका बालमुन्द्रा खोल्न थाले।’

ती धामीसंग स्थानीय अन्य दुई जना धामी पनि लगिएको थियो । देउता सोधनीका क्रममा भित्रै जागिर गर्ने सेनाकै ४ जना अन्य जना धामीलाई पनि राखिएको थियो। ‘भित्रै नोकरी गर्ने लामालामा जुडी(टुप्पी) भएका अरुपनि धामी रहेछन,’ उनले भने,‘उनीहरु पहिल्यै देखी देउता औतारिरहेका थिए। हामीलाई पनि त्यही बसाए।’

त्यसक्रममा चरम यातना दिएर राखिएका ४ जनालाई पालैपालो ल्याएर यिनिहरु दोषि हुन् की होईनन् भनेर सोधेको उनले बताए। उनका अनुसार ती चारैजनाका हातबाट स्लाईन जोडिएको थियो। सबैलाई कठोर यातना दिईएको थियो । एकएक गरी राख्दा उनीहरु पनि ‘प्रभू मेरो सत्यतथ्य बताईदे’ भनेर हात जोडेर घिड्घिडाउन थालेको उनी बताउँछन्। त्यसो गर्दा उल्टै पोलिथिन पाईपले उनीहरुलाई पिटिएको उनले सुनाए।

आफ्नो समूहमा रहेका धामीले औतारेका देवताहरुबाट कुनै निकास ननिस्केपछि एकले ‘यस्ता देउती–सेउती केही होईनन्’ भनेर बाला मुन्द्रा खोल्ने प्रयास गरेको उनले बताए । ‘त्यतिबेलै अर्काले देउतासंग चल्नुहुन्न भनेपछि उ रोकियो,’ उनले भने । त्यसक्रममा एक धामी भित्रै बिरामी परेका थिए

स्थानीय धामीझाँक्रीबाट कुनै निकास ननिस्किएपछि सेनाले अछामबाट पनि केही धामी झिकाएर देउता औतार्दै सत्य पत्ता लगाउने प्रयास गरीरहेको स्रोतले जनाएको छ। यसबाहेक डोटीका अन्य गाउँगाउँबाट पनि धामी झिकाईएका छन्। एक टोली डडेल्धुरा नै पुगेर धामीझाँक्रीमार्फत सत्य खोज्ने प्रयासमा लागेको स्रोतले बतायो। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad