८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्री मगरद्वारा ३ विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण

कञ्चनपुर– खानेपानी मन्त्री बिना मगरले विद्यार्थी भर्ना राष्ट्रिय अभियानअन्तर्गत कञ्चनपुरका ३ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएकी छिन्।

सरकारले देशैभरी सञ्चालन गरेको राष्ट्रिय अभियानमा सहभागिता जनाउन कञ्चनपुर पुग्दै मन्त्री मगरले बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाका ३ विद्यार्थीलाई भर्ना गराएकी हुन्। मन्त्री मगरले बेलौरी नगरपालिका–१०  शिवनगरस्थित शिद्धेश्वर माविमा सन्दिप चौधरीलाई ७ कक्षामा, बेलौरीकै पुष्पलाल जनजागृति माविमा आदित्य चौधरीलाई ५ कक्षामा र बेल्डाडी गाउँपालिकाको शिद्धनाथ माविमा प्रकाश गिरीलाई १ कक्षामा भर्ना गराएकी छिन्।

शिवनगरको शिद्धेश्वर माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले अभिभावकत्व ग्रहण गर्ने अभियान सन्देशात्मक भएको बताइन। ‘भर्ना अभियानले गाउँ र वडामा जागरण पैदा गरेको छ’, उनले भनिन, ‘सरकारको भर्ना अभियानलाई सफल बनाउन सबैले बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुपर्छ।’ 

गरिब र सबै वर्गका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन सरकारले अभियान थालेको उनले बताइन। ‘समृद्ध नेपाल निर्माणको अभियानलाई सार्थक बनाउन विद्यार्थी भर्ना अनिवार्य हुन्छ’, उनले भनिन, ‘शिक्षालाई रोजगारमुलक बनाएर समृद्धि ल्याउन सकिन्छ।’ विद्यार्थी भर्ना अभियान सरकारको मात्र नभई सबै जनताको भएको उनको भनाई छ।

प्रकाशित: १० वैशाख २०७५ १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App