coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

युएईमा सुतेकै अवस्थामा नेपालीकाे मृत्यु

युएईमा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ। रोजगारीको लागि कामको खोजीमा युएई आएका रुपन्देही खैरेनी-६ ढिकारका दिपेश सुनारको युएइ अाइपुगेकाे चाैथाे दिन शुक्रबार मृत्यु भएको हो।

उनी अगष्ट २३ मा युएई आएका थिए। हृदयघातका कारण सुनारकाे मृत्यु भएको उनका काका धनबहादुर सुनारले बताए। 

युएइमा भिजिट भिषामा अाएर काम खाेजेर बस्ने नेपालीहरू पनि छन्। मृतक दिपेश पनि यस्तै भिजिट भिषामा चार दिन अघि नेपालबाट अाएका थिए।

'साथीले भिजिट भिषामा बोलाएर युएई आएको थियाे', धनबहादुरले नागरीकन्युजसँग भने, 'दुई दिन दुबईमा साथीसँग बसेर बिहीबार अबुधाबी मलाई भेट्न आएको थियो। शुक्रबार बिहान सुतेकै अवस्थामा उसको मृत्यु भएछ।'

दिपेसको शबलाई पोष्टमार्टमपछि अबुधावी स्थित खलिफा हस्पिटलमा राखिएको छ ।

प्रदेशमा गएर पैसा कमाउला र केही गरौला भन्ने सोचले भिजिट भिषामा युएई आएका २७ बर्षीय दिपेसको घरमा आमा, एक छोरा र श्रीमती छन्।

दिपेसको शबलाई छिटो नेपाल पठाउन युएईमा रहेका एनआरएन लगाएत सम्पूर्ण संघ संस्थाहरुलाई सहयोग गर्न उनले आग्रह गरेका छन्।
परिवारलाई सुखका साथ पाल्न र छोराछोरीलाई राम्रो शिक्षा दिन ठूलो सपना बोकेर परदेश अाएका नेपालीहरू दिनमा ४० - ४५ डिग्रिको घाममा काम गर्छन्। काम गरेर साँझ सकुसल सुतेका कतिपयकाे सुतेकै अवस्थामा हृदयघातले मृत्यु हुने गरेकाे छ।

प्रकाशित: ११ भाद्र २०७३ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App