coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

प्रभावशाली सूचीमा दीपिका

मुम्बई एजेन्सी – विश्व प्रसिद्ध अमेरिकी पत्रिका टाइम म्यागाजिनले प्रकाशन गरेको यो वर्षको सय प्रभावशाली व्यक्तिको सूचीमा बलिउड नायिका दीपिका पादुकोण परेकी छन्। बलिउडबाट एक्लो प्रतिनिधित्व गरेकी दीपिकाको यो उपलब्धि प्रति अर्की नायिका प्रियंका चोपडाले बधाई दिएकी छन्।

टाइम पत्रिकाले हरेक वर्ष यो सूची प्रकाशन गर्छ। जसमा विश्वभरका सय व्यक्तिको नाम समावेश गरिन्छ। यो सूचीमा आफ्नो व्यवसाय वा व्यक्तित्वबाट आम मानिसलाई प्रभावित गराउने व्यक्तिको नाम राखिन्छ। सूचीमा अमेरिकाका राष्ट्रपतिदेखि राजनेता, व्यापारी, खेलाडी र कलाकार रहन्छन्।

पत्रिकामा हलिउड कलाकार विज डिजलको हवाला दिँदै दीपिकाको परिचय दिइएको छ। ‘दीपिका पृथ्वीमा सानदार प्रस्तुत गर्ने मेहनती कलाकार हुन्। उनको लगान, एकाग्रता र केमेष्ट्री कमालको छ।’ डिजलले भनेका छन्। विनले दीपिकालाई कहिल्यै नहार्ने व्यक्तिको रुपमा चित्रण गरेका छन्। दीपिकाले विनसँग ‘एक्सएक्सएक्सः रिटर्न अफ जेन्डर केज’मा अभिनय गरेकी छन्। दीपिकाले इन्स्टाग्राममा पत्रिकाको कभर सेयर गर्दै विनको भनाईका लागि धन्यवाद व्यक्त गरेकी छन्।

दीपिकाका लागि सन् २०१८ निकै राम्रो रहयो। उनले वर्षको शुरुवात ‘पद्मावत’ जस्ता ३ सय करोड कमाई गर्ने फिल्ममा अभिनय गरिन्। यही वर्ष अभिनेता रणवीर सिंहले दीपिकालाई विवाह गर्ने तयारीमा छन्।

यो सूचीमा अभिनेत्री अनुष्का शर्माका पति क्रिकेटर विराट कोहली पनि परेका छन्। प्रियंकाले दीपिका र विराटलाई शुभकामना दिँदै उज्जवल भविष्यको कामना गरेकी छन्।

प्रकाशित: १० वैशाख २०७५ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App