७ वैशाख २०८१ शुक्रबार
कला

‘किड्स क्यापिटल’को ट्यालेन्ट सो

काठमाडौं – बालबालिकाको सौन्दर्य प्रतियोगिता ‘किड्स क्यापिटल–२०१८’का प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। उनीहरुले अभिनय, नृत्य, गायन, कवितावाचन, वतृत्व कला, खेल कौशल प्रदर्शनमार्फत प्रतिभा प्रस्तुत गरेका हुन्।

ट्यालेन्ट सोमा सहभागी प्रतिस्पर्धी बालबालिकाहरु असहाय बालबालिकासँगको अन्तरक्रियामा सहभागी भएका थिए। नयाँ नेपाल समाजमा आश्रित असहाय बालबालिकाहरुसँग अन्तरक्रिया गर्ने क्रममा किङकम स्र्पोट्स क्लबका अध्यक्ष राजेश खड्गीले समाजका अध्यक्ष कृष्ण गुरुङलाई खेलकुद सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा प्रतिस्पर्धी बालबालिकाले असहाय बालबालिकालाई विभिन्न उपहार प्रदान गरेका थिए।

प्रतियोगितामा ४५ बालबालिकाहरुले सहभागिता जनाएको इभेन्ट मेनेजर जोर्डन राजभण्डारीले बताए। चैतको तेस्रो साता सम्पन्न अडिसनबाट छनोट भएका बालबालिकाहरु पछिल्लो दुई सातादेखि प्रशिक्षणमा व्यस्त रहेको आयोजक संस्थाकी प्रवन्ध निर्देशक विजया शाहले बताइन्। प्रतियोगिताका कोरियोग्राफर एसराज गरच हुन् । प्रतियोगिताको फिनाले वैशाख १५ गते हुँदैछ।

ट्यालेन्ट सोमा कोरियोग्राफर गम्भीर विष्ट, गायिका मिलन अमात्य, हाँस्य अभिनेता गोपाल ढकाल ‘छन्दे’, नायक विनोद न्यौपाने र सञ्जित भण्डारी, ब्युटिसियन रुसुका वैद्य निर्णायक थिए।

प्रकाशित: १० वैशाख २०७५ ०६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App