८ वैशाख २०८१ शनिबार
समाज

सुन पसलबाट ठूलो परिमाणको ‘अवैध’ सुनचाँदी बरामद

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ त्रिवेणीमोड स्थित सोनु राई ज्वैलर्सबाट प्रहरीले ठूलो परिमाणको ‘अवैध’ सुनचाँदी बरामद गरेको छ । कुनैपनि सरकारी निकायमा दर्ता नै नभएर सञ्चालनमा रहेको उक्त पसलबाट २४ किलो चाँदी र पथ्थरसहित ४ सय २३ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) टेकबहादुर तामाङले नागरिकलाई जानकारी दिए । 

पसलले अवैध सुनचाँदीको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर आइतबार बेलुका बरामद गरेको उनले बताए । ‘पसलले बिल भरपाई बिनाको सुनचाँदीको कारोबार गर्दै आएको सूचना प्राप्त भयो, अनुसन्धान गर्दै जाँदा दर्ता समेत नभएको पसलले ‘अवैध’ कारोबार गरिरहेको पुष्टी भएपछि छापा मारेर सुनचाँदी बरामद गरेका हौं,’ एसपी तामाङले भने । 

बरामद गरिएको सुनचाँदी जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । घटनाको थप अनुसन्धान भईरहेको र पसल सञ्चालक राई प्रहरीको सम्पर्कमै रहेको एसपी तामाङले बताए। मुलुकभरका सुनचाँदी पसललाई राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत सुनचाँदी बिक्री गर्दै आएको छ । बिल भरपाईमार्फत सुनचाँदीको अनिवार्य कारोबार गर्नुपर्ने नियम भएपनि सुन व्यवसायीले पालना गर्दैनन् ।

प्रकाशित: १० वैशाख २०७५ ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App