८ वैशाख २०८१ शनिबार
अर्थ

रोयल इनफिल्ड सर्भिस राईडर

काठमाडौं – नेपालमा रोयल इनफिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले रोयल इनफिल्ड सर्भिस राइडर नामक कार्यक्रम गरेको छ।

सर्भिस राइडर माछापोखरीबाट सुरु भएको थियो। सामखुसी, पानीपोखरी, महाराजगन्ज, बासँबारी, गोल्फ¬टार, हात्तीगौंडा, बूढानीलकण्ठ, शिवपुरी हुँदै शिवपुरीको ग्रिनभ्याली रिसोर्ट पुगेर टुंगिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सर्भिस राइडरमा राइडर रमेश अवालेले रोड क्याप्टेनको भूमिका निभाएको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा ३३ वटा रोयल इनफिल्ड इवानयुटीमा ४० जना राइडर सहभागी थिए।

राइडरुहरुमा सडक सुरक्षा, ट्राफिक नियम पालना र चेतना जगाउन कार्यक्रम गरिएको विज्ञप्तिमा छ।

प्रकाशित: १० वैशाख २०७५ ०४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App