भविष्य हराउँंदै गएको कांग्रेस

सोमबार, १० बैशाख २०७५, १० : ३० जैनेन्द्र जीवन

देशमा क्रियाशील दलहरूमध्येसबैभन्दा पुरानो, ६ महिना अघिसम्मको सबैभन्दा ठूलो, प्रजातन्त्र प्राप्तिका लागि धेरै बलिदान एवं संघर्ष गरेको र राष्ट्रनिर्माणमा अरु कुनै पनि दलले भन्दा बढी योगदान गरेको दल हो नेपाली कांग्रेस। आप्mनै कारणले गर्दा जो अहिले केन्द्रदेखि प्रदेशहरूसम्म कतै पनि सरकार बनाउन नसक्ने गरी चुनाव हारेको छ। कमजोर संगठन, सभापतिको अधिकार÷स्वेच्छाचारितामा आवश्यक नियन्त्रण र सन्तुलनको अभाव,वर्तमान सभापतिलगायतका विभिन्न नेता÷पदाधिकारी र शक्तिकेन्द्रहरूका आपसी स्वार्थ र महत्त्वाकांक्षाबाट जन्मिएका गुट संस्कृतिको स्थितिमा सुधार नहुने हो र भविष्यमुखी, जनमुखी अजेन्डा होइन कि इतिहासमुखी र नेतामुखी अजेन्डामै सधैँ रमाइरहने हो भने कांग्रेसलाई हिजोको प्रजापरिषद् जस्तो इतिहासमा बिलीन हुनबाट वा आजको राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो संकुचन हुँदै जानबाट रोक्न अब कसैले सक्ने छैन।

नेताप्रधान पार्टी संरचना र अक्षम नेतृत्व वर्ग
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचनमा पार्टीको हारका कारणको इमानदार समीक्षा गर्न चाहँदैनन् किनकि एक त उनी त्यस्तो समीक्षा गर्न नचाहने गलत मानिसहरूबाट घेरिएका छन् र उनीहरूकै कुरा सुन्छन् ।अर्को,पार्टी नेता र सरकार प्रमुखका हैसियतले हारको अपजस सबभन्दा बढीआफूलाई नैआउने उनलाई थाहा छ। उनको आफ्नै मूर्खतापूर्ण र अलोकप्रिय काम÷कारबाही तथा कार्यशैलीर कमजोर नैतिक धरातल नै पार्टीकोचुनावी पराजयको प्रमुख कारण भनीसर्वत्र आलोचना भएको पनि उनलाई थाहा थियो, छ। यस्तोमाचुनावी हारको सबै दोषआफूलाई बोकाएर पार्टीभित्रबाटै आप्mनो नेतृत्वको विकल्प खोज्ने प्रयत्न हुने कुराबाट पनि उनी अनभिज्ञ थिएनन, छैनन् । जुन कुरा होओस् भन्नेउनी कुनै हालतमा चाहन्थेनन् ।गल्तीबाट पाठ सिक्ने रआफूलाई सुधार्नेखालका मान्छे त उनी त्यसैपनि थिएनन् ।कुनै बखतका क्रान्तिकारी उनी अबत सत्ता राजनीतिका फोहोरीखेलाडीभइसकेका छन् ।एकनएक दिन माओवादी र एमालेको झगडा पर्छ र गठबन्धन टुट्छ, त्यसबखतका लागि आन्तरिक एवं बाह्य ‘फ्याक्टर’ अनुकूल पारिराखे फेरि केही महिना प्रधानमन्त्री खान पाइन्छ भन्ने आसले नैसंसद्मा प्रतिपक्षी नेताको हैसियत पनि कसैमा हस्तान्तरण गर्न देउवाले चाहेनन्।

तर कांग्रेसको आजको दूरावस्थाका लागि देउवा वा उनका परिवार÷कोटरीमात्र होइन,अरु पनि दोषरहित छैनन् । उनका प्रमुख प्रतिस्पर्धी उपसभापति रामचन्द्र पोडेलदेखि आफ्नो छुट्टै गुट बनाएर बसेका कृष्ण सिटौला, अहिले पार्टी नेतृत्वको दौडमा देखिएका कोइरालाहरू क्रमशः महामन्त्री शशांक, शेखर र सुजाता, कोइरालाहरू जस्तै कांग्रेसको संस्थापक नेताहरूका घरानाकोबिरासत थाम्दैआजको अवस्थासम्म आइपुगेका प्रकाशमान सिंहवा विमलेन्द्र निधीसबै आआफ्ना ठाउँमाकेही न केही जिम्मेवार छन्देउवा जत्तिकै नभएपनि।रामचन्द्र, शेखर वा निधी जस्ता कोहीतुलनात्मकरूपले गुणवान होलान् तर यी कसैमा पनि कांग्रेसलाई पुनर्जीवन दिएर ‘पहिलेकै स्थिति’मा फर्काउन सक्ने क्षमताभने बिल्कुलै छैन। यिनीहरू सबै त्योभन्दा सानो जिम्मेवारीमै बारम्बार परीक्षित र अनुत्तीर्ण पात्र हुन् ।यस पृष्ठभूमिमा,अहिलेसम्मअपरीक्षित रहेका वा मन्त्री हुँदापनि नाम कमाएका, क्षमतावान र आशलाग्दा केही युवा नेताले चुनावलगत्तै सुरु गरेको पुरानो नेतृत्व वर्गलाई ‘सम्मानित अभिभावककारूपमा विश्राम गर्न लगाएर’ नेतृत्व लिने अभियानलेकांग्रेसका शिक्षित, सचेत र सच्चा समर्थक/शुभचिन्तकमा आशाको सञ्चार पनि गराएको थियो। तरउनीहरूको त्यो अभियान पनि बीचैमा तुहिएको जस्तो छ, जुन अकारण छैन। 

पहिलो कारण त क्रियाशील सदस्य बनाउँदा पनि नेताहरूले नै बनाउने÷अनुमोदन गर्ने हालको कांग्रेसको विधान÷प्रचलन नै हो। किनकि आफैँले सदस्यता दिलाएका पार्टी पंक्तिको अग्रसरताबाट नेतृत्व परिवर्तन हुने कुरासम्भवछैन।पछिल्लो कालखण्डमा विधान संशोधन हुँंदैहँुंदैनिर्वाचित पदाधिकारीहरूको अनुपात बढ्दै गएको भएतापनि कांग्रेस आधारभूतरूपमा अझै पनि नेताप्रधान दल नै होजहाँ सभापति अत्यन्त शक्तिशाली हुन्छ। कतिपय केन्द्रीय सदस्यदेखि लिएर महŒवपूर्ण पदाधिकारी उसले मनोनयन गर्न पाउँछ। सदस्यता÷पदाधिकारीको यस प्रकारको बनोट रहुन्जेल शेरबहादुरले गरेका जस्तो पार्टी विधानविपरितको वा अलोकप्रिय काम जति गरेपनि सभापतिलाई सोझै हटाउनसम्भव हुंँदोरहेनछ।महाधिवेशनमा निर्वाचनको माध्यमद्वारा नेतृत्व परिवर्तन गर्न सकिएला तरत्यसमा पनि सत्तामा छँदा लाभका अवसर र पदहरू बाँडीबाँडीअरु नेताको भन्दा दरोनेटवर्किङ गरेका, शक्ति सञ्चय गरेकाशेरबहादुरलाई चुनाव हराई आफू सभापति हुनु भनेको कोहीकांग्रेसका लागि पनि देशकोआमचुनाव जित्नुभन्दा पनि कठिन हुनेछ। यी सब कुराले गर्दा नेतृत्व परिवर्तनको ध्येयले शीघ्र विशेष महाधिवेशन डाक्न लगाउने ती युवा नेताहरूको प्रयास नतुहिए नै पनि सार्थक हुनेलक्षण छैन।

कांग्रेसको अर्को गम्भीर रोग, यसमा गुटको समस्या अरु कुनै पनि दलमा भन्दा बढी घातक छ र यसले संस्थागत रूप नै लिएको छ। हो,गुट पहिले,यहाँसम्म कि प्रतिबन्धित कालमा पनि थिएतर ती पार्टीले लिने सैद्धान्तिक, राजनीतिक वा रणनीतिकभिन्नता, जस्तो कि पञ्चायतविरुद्ध भारतमा बसेर सशस्त्र संघर्ष गर्ने कि नेपालमै बसेर अहिंसात्मक विद्रोह गर्ने, कम्युनिस्टहरूसँग मिलेर आन्दोलन गर्ने कि कांग्रेस आफैँले मात्र आन्दोलन गर्ने, पञ्चायतलाई उपयोग गर्ने कि नगर्ने भन्ने जस्ता भिन्नतामा आधारित‘गुट’ थिए। मुद्दामा आधारित यस्तो स्वस्थ गुटबन्दी लोकतन्त्रमा अन्यत्र पनि हुन्छन्र ती आवश्यक पनि हुन्छन् । तर कांग्रेसको अहिलेको गुटबन्दी आत्मकेन्द्रित नेतागणले आफ्नोमहत्वाकांक्षा र स्वार्थसिद्धिका लागिनिर्माण गरेकाउनीहरूका परावलम्बी कार्यकर्ताकाझुण्डमात्र हो। जसकोे दुष्परणाम पार्टीले चुनावी हारका रूपमा भोग्नुप¥यो। किनकि जित्ने सूचना वा आकलनका आधारमा होइन कि यो मेरो मान्छे, यसले टिकट पाउनैपर्छ भनी आआप्mनो गुटका मान्छेलाई चुनावी टिकट दिलाउने भागबन्डामा नेताहरू लागे । जसले गरेर टिकट पाएका ती उम्मेदवारले कतिपय ठाउँमा कार्यकर्ताको राम्रो सहयोग पाउन सकेनन् र चुनाव हार्नुपर्‍यो।

गतिशीलता अभाव
चुस्त संगठन भएको प्रतिस्पर्धी नेकपा एमालेलाई मात दिने गरी चुनावी सफलता दिलाउनका निमित्त उत्तिकै दरो संगठन आवश्यक पर्छ तरकांग्रेसको संगठन भने सधैँको भद्रगोल थियो, छ। योभन्दा अगाडिउम्दा चुनाव क्याम्पेन गर्नसक्ने चुस्त संगठनका कारण नभई पार्टीको गौरवशाली इतिहासकोब्याज असुल्दै, बिपीका नाम भज्दै÷भजाउँदै, लोकतन्त्रको परम्परागतनाराका भरमाकांग्रेसले चुनाव जितेको हो। तरसमय परिवर्तनशील छ, अब त्यसरी चुनाव जित्न सकिन्न भन्ने कुरा पार्टी पंक्तिलाई बुझाउन र तद्नुरूप परिचालन गर्न कांग्रेसको नेतृत्व गण पूरै अक्षम देखियो नै। त्यस्तो कुरा आफैँं बुभ्mनका लागि चाहिने बौद्धिकता, कल्पनाशीलता, अध्ययनशीलता, गतिशीलता र ऊर्जाकैउनीहरूमा सर्वथा अभावदेखियो।वास्तवमानयाँ र समयानुकूल संकथन र अजेन्डा निर्माणको वातावरण र संस्कृति कांग्रेसमा बिपीको समयपछि कहिल्यै बन्दैबनेन। 

पहिले विभाजित रहेका दुईटा कम्युनिस्ट पार्टीले चुनावी तालमेल गरेकालेयसपाला हारियो भन्ने जस्ता कुरा गरेर चुनाव परिणामको इमानदार आत्मसमीक्षा हुँंदैन। इमानदार आत्मसमीक्षा नै गर्ने हो भने त्यहीबमोजिमको गहिरो, उच्चकोटिको र सूक्ष्म अवलोकन गर्नसक्ने नेतृत्व वर्ग चाहिन्छ। एउटा उदाहरण–जनसंख्यामा हुने परिवर्तन वा वृद्धिसँगै जे÷जति मतदाता हरेक चुनावमा परिवर्तित हुँंदै वा थपिँदै जान्छन्, विश्लेषणबाटतिनले अरु पुराना वा परम्परागत मतदाताले दिएसरहकै मत कांग्रेसलाईदिएको पांइँदैन। अर्थात,अहिलेको कांग्रेसमन परेको नपरेको जे भएपनि अथवा इतिहास, बिपीको मुहार, ‘नोस्टाल्जिया’, भावनात्मक लगाव जे सम्झेरभएपनिकांग्रेसको जुन पुरानो वा परम्परागत मतदाता समूहले उसलाई मत दियो, उनीहरूकै छोराछोरी, नातिनातिनाले चाहिँदिएनन् । दिन चाहेनन् ।किनकि सम्भवतः त्यो पुस्ताले इतिहासको बखान होइन, भबिष्यको खाका खोज्यो कांग्रेसबाट। अब यस्ता कुरामा कांग्रेस नेतृत्व वर्गभित्र गम्भीर चिन्तन मन्थन हुनुपर्ने हो कि होइन?बिपी, सुवर्णशमशेर, सूर्यप्रसाद, किशुनजी, गणेशमानहरूका पालामा त हुन्थ्यो। कांग्रेससँग खोइ आजको मतदाता, खासगरी आजका नयाँ पुस्तालाई आफूतिर तान्ने नारा, अजेन्डा र कार्यक्रम? सात साल, पन्ध्र साल वा छयालीसदेखि अठ्चालीस सालका बीचमा कांग्रेसलाई मन पराएर मत दिने युवाकुन कालखण्डदेखि, के कुरामा चित्त नबुझाएर कांग्रेसप्रति विमुख, विरक्त हुँंदै गए? यस्ता कुरामा बहस हुनुपर्ने हो कि होइन शेरबहादुर, रामचन्द्र, सिटौला, कोइरालारूका बीचमा? तर उनीहरू त आआप्mनो गुटका मान्छेसँग बसेर एक अर्कालाई सिध्याउनेबाहेक अरु कुरामा चिन्तन मन्थन नै गर्दैनन्। 

हरेक चुनावमा आफ्नो मताधार रहेको उमेर समूहको पुरानो पुस्ता सकिँदै जाने र नयाँमतदाता थपिँदै जाने यस्तो स्थितिबारे पनि कांग्रेसको नेतृत्व वर्ग चिन्तित त के जानकारसमेतदेखिंँदैन। बरु आफ्ना कमजोरी ढाक्न अहिलेपनि कांग्रेसको एउटा ठूलो मतदाता समूह सुरक्षित नै छ भन्नेआत्मरति र आत्मश्लाघामा त्यो रमाउँछर कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई मूर्ख बनाउन खोज्छ।जस्तोकि, यसैपालिको चुनावमा पनि प्रत्यक्षतर्फको कुल मतमा हामी अझै एमालेभन्दा अगाडि छौंँ भनेर गर्वका साथ त्यसको तथ्यांक देखाइरहेका हुन्छन् उनीहरू । जबकि माओवादी केन्द्रलाई ४० प्रतिशत स्थान छुट्याएर ६० प्रतिशत स्थानमा चुनाव लड्दा त्यति मत ल्याएको हो एमालेले। अतः सही तुलनै गर्ने भए एमाले–माकेको संयुक्त मतसँग कांग्रेसको मतको तुलना गर्नुपर्छ। जसले एकाध ठाम कथित लोकतान्त्रिक गठबन्धनका अरु दललाई छुट्याएर ९५ प्रतिशतभन्दा बढी स्थानमा चुनाव लडेको थियो। ९५ प्रतिशत सिटमा चुनाव लड्नेको प्राप्त मतको तुलना ६० प्रतिशत सिटमा चुनाव लड्ने दलसँग गरेर सही आत्मसमीक्षा गरिन्छ कहीँ ?यति सामान्य तथ्य र आधार पनि नबुझ्ने या दबाउने नेतृत्व वर्ग र त्यसलाई पत्याएर सान्त्वना लिने कार्यकर्ता पंक्ति रहुन्जेलकांग्रेसले ‘नो नन्सेन्स’ र स्कुलिङले लैस एमालेसँग प्रतिस्पर्धा गर्न अब त लगभग असम्भवै छ।

कांग्रेसको सदाबहार कमजोरी
कांग्रेसको संगठन कमजोर छ, खासगरी प्रमुख प्रतिस्पर्धी एमालेको तुलनामा त अत्यन्तै कमजोर छ। पदाधिकारीहरूको मनोनयन र विभागहरूको गठन तथा तिनमा पदपूर्ति जस्ता काम पनि वर्षौँदेखि थाती रहेका हुन्छन् । भ्रातृ संगठनहरूका अधिवेशनहरू समयमा सम्पन्न हुँंदैनन् । कुनै कुरा पनि अद्यावधिक गरिँदैनन् । गुटबन्दी र तज्जनित भागबन्डाको मारमा परेर सब सांगठनिक संरचना निष्क्रिय वा सुस्त भएका छन् । सांगठनिक निर्देशन, मूल्यांकन, उत्प्रेरणा र परिचालनको अभावमा ढिलाढाला कार्यकर्ता झनै लोसे वा कार्यसूचीबिहीन भएका छन् । आफ्नो व्यक्तिगत र गुटगत स्वार्थसिद्धिमा त कांग्रेसका नेता÷कार्यकर्ता अब्बल छन्तर दलको बृहत्तर स्वार्थका लागि लागिपर्ने संस्कृति कांग्रेसमा पछिल्लो समयमा धेरै क्षय भइसकेको छ । यसमा सुधार गर्नका लागि चाहिने प्रशिक्षण, अभिलेखीकरण, मूल्यांकन जस्ता कुराका आधारमा संगठन निर्माण गर्दै जानुपर्ने हो । तर नेतृत्वको प्राथमिकतामात्यस्ता कुरा पर्दैनन् । यसपालाको चुनावमा पनि कमजोर संगठन एउटा प्रमुख कारण रह्यो पराजयको। यो कांग्रेसको दीर्घरोग हो जसको औषधि पनि दीर्घकालिक नै हुनुपर्नेछ। यो रोगको सुधार गर्न नसके चुनाव लड्ने पार्टीका रूपमा कांग्रेसको अब भविष्य छैन।








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad