हवाइ यात्राको अराजक आतंक

सोमबार, १० बैशाख २०७५, १० : २४ डा. सुरेश आचार्य

यसपटक लगातार तीन सातामा तीनपटक आन्तरिक उडानका क्रममा एयरपोर्टमा विश्रामगर्ने अवसर मिल्यो। पछिल्लोपटक त विमानस्थलबाट फर्केर होटलमा रात बिताउनुपर्ने अवस्था आइलाग्यो । कुनै समय थियो, बसको यात्रा कहालीलाग्दो हुन्थ्यो । निरन्तरजसो हुने गाडी दुर्घटनाले यात्रुहरू गन्तव्यमा जीवितै पुग्नेमाया मारेर यात्रा गर्थे । हिजो–आज पनि कतिपय साँघुरा पहाडी बाटोको यात्रा जोखिमपूर्ण छ । साना ठूला दुर्घटना भइरहेकै छन् । कुनै खास रोगका कारण मर्नेहरूको संख्याभन्दा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या सायद बढी होला ।हाम्रा यात्राहरू निर्धारित समयमा निर्धारित स्थानमा पुग्न छाडेका छन् । यो दुःख अब बस यात्रामा मात्र सीमित छैन, हवाइ यात्रा अझ अनिश्चित यात्रा भएको छ।

घटना एक : चैत २० गते चितवन जानु थियो । गाडीमा एकथरी बिहानै जाँदै थिए । हवाइजहाजमा भए बिहान कलेजका केही काम सकिनेआशले दिउँसो उड्ने गरी जहाजकै टिकट लिइयो । बुद्ध एअरको १ः३० बजेको टिकट थियो। १ बजेसम्म विमानस्थल पुग्नु नै प¥यो । टिकट चेक इनपछि बोर्डिङका लागि सुरक्षा जाँच गरेर भित्र छिर्दा उभिने ठाउँ थिएन । विमानका काउन्टर माथि रहेको सूचना पाटीले उडान तालिका परिवर्तन भएको जनाउ दिइसकेको थियो । दुईपटक उडान तालिका परिवर्तन भएपछि बल्ल दुई घन्टापछि पालो आयो । अढाइ घन्टा विमानस्थलमा कुर्नु अस्वाभाविक मान्नुपर्ने कारण थिएन, किनकि बिहान ९ बजे लुक्ला उडानका लागि बोलाइएका यात्रुहरूको धैर्य अझै टुटेको थिएन। 
घटना २ ः चैत २६ गते सर्लाहीको मलंगवा जानु थियो । सूचना विभागले पत्रकारहरूको दक्षता अभिवृद्धि कार्यक्रम राखेको थियो । मध्याह्न १२ बजे जनकपुर उडान गरेर सर्लाही जाने कार्यक्रम थियो । महोत्तरीमा पत्रकार परिचयपत्र वितरणका लागि गएको टोलीहामीलाई पर्खिरहेको थियो, एउटै गाडीमा मलंगवा जाने तयारीमा । काठमाण्डूबाट जाने दुई जना थियौँ । साढे एघार नहुदै सुरक्षा जाँच गराइएका हामीले भित्र छिर्नासाथ थाहा पायौँ– जहाज उड्ने कुनै टुंगो छैन । विमानको सूचना पाटीमा यस्तो जानकारी थियो– अर्को सूचना १२ः३० बजे गरिनेछ । कैफियतमा जनाइएको थियो– एअर ट्राफिकका कारण ढिलाइ । साढे ९ बजे यताका कुनै फ्लाइट भएका थिएनन् र सबैको कारण एउटै थियो । पालो मिचेर अरू कति उडान भए, यद्यपि तीमध्ये कुनै एउटा पनि समयमा उडेनन् । पटक पटकको सूचना परिवर्तन गरेर बल्ल ३ः३० बजे हाम्रो उडान भयो । लगभग २० मिनेटको उडानका लागि साढे तीन घन्टा विमानस्थलमा कुरिरहँदा सडक यातायातको सम्झना भयो । बिपी हाइवेबाट पाँच घन्टामा त सर्लाही नै पुगिन्थ्यो । जनकपुर पुगेर अर्को दुई घन्टा यात्रा गर्न बाँकी नै थियो। 

अझ रमाइलो सूचना त अर्को विमानको सूचनापाटीमा थियो : जहाजको अवतरण नभएका कारण उडान ढिलो हुनेछ । कति ढिलो हुनेछ भन्ने उल्लेख गर्नुको साटो उडान सम्बन्धी अर्को सूचना दिने भनेर उल्लेख गरिएको समय समेत घर्किसकेको थियो । रमाइलोका लागि पनि त्यो विमानको काउन्टरका गएर प्रश्न गरियो– एउटै मात्रै विमानले उडान धान्नुभएको छ ?जवाफ आयो– हैन, हामीसँग तीनवटा विमान छन् । फेरि प्रश्न–तीनवटै आकाशमै घुमिरहेका छन् । जवाफ– हैन, तर उता जाने (भद्रपुर) चाहिँ आकाशमै छ । अरू तीन गन्तव्यको उडानको समय केही बाँकी नै थियो । तर अघिल्लो उडानकै यात्रुहरू जहाज आकाशमै छ भनेका भरमा कुरेर धैर्यधारण गरिरहेका थिए । पर्यटन मन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको निरीक्षण गरेर थप्न लगाएका केही कुर्सीले यात्रु धानेको थिएन।

घटना तीन ः वैशाख ६ गते धनगढी जानका लागि बिहान १०ः१५ बजेको टिकट फेला पर्‍यो। सरकारी समयमा हुने जाम छल्न ८ः४५ बजे नै विमानस्थल प्रस्थान गरियो । सुरक्षा जाँच पछिको बोर्डिङ कक्षमा अझ नयाँ खालका कुर्सी थपिएका रहेछन् । तर उभिनेका लागि पनि ठाउँ खाली थिएन । हरेक विमानका सूचना पाटीमा उनै पुराना खालका सूचना थिए । उडान समयभन्दा ४५ मिनेट मात्रै ढिला गरेर विमानमा लगियो । विमानमा स्थान ग्रहण गर्दै गर्दा पाइलट आफैँले सूचना गरे– एअर ट्राफिकका कारण उडान केही समय ढिला हुनेछ । विमानमा चढ्न पाउनुमै विजय ठानेका यात्रुमा धैर्यधारण गर्ने क्षमता बढेको थियो । सुरुमा पार्किङ लटमा राखियो । पछि धावन मार्गमा । घडीले ११ः५७देखाउँदा उड्ने पालो आयो । दोस्रो पटकको यात्राभन्दा सुधारका कारण नभई सायद अर्को विमान कम्पनीका कारण यति सहुलियत मिलेको थियो।

घटना चार : वैशाख ७ गते निकै प्रयासपछि धनगढीबाट काठमाण्डू फर्किने ४ः१५ को फ्लाइट टिकट फेला पर्‍यो । विमानस्थलपुग्ने समय गुज्रिन लागिसकेको थियो । हतार हतार विमानस्थल आइपुग्दा विमान सुरक्षाकर्मीले भित्र छिर्न दिएनन् । कारण टिकट चेक इन सुरु भएकै थिएन । जानकारी पाउन विमान कर्मचारीलाई बोलाउन लगाउँदा काठमाण्डूबाट उडेपछि खबर गर्छौं भनियो। ५ः३५ मा विमान धनगढी विमानस्थलमा अवतरण गरेपछि यात्रुको अनुहार चम्किलो देखियो । सुरक्षा जाँचपछि बसेका यात्रुहरू हतारिएर विमानस्थल छिर्ने ढोकामा भीड गर्न पुगे । विमान देख्दा उनीहरूको अनुहारमा छाएको चमक धेरैबेर टिक्न पाएन। विमानस्थलमा खटेका कर्मचारीको टोलीले ढोकामा आएर सूचना दिए– आज विमान उड्दैन । भोलि बिहानै उडान हुन्छ। समय एकछिनपछि जानकारी गराइन्छ ।अरू १५ मिनेट कुराएर जानकारी गराइयो, बिहान साढे ६ बजे उडान हुनेछ। 

घटना पाँच ः जनकपुर जाने उडानका बेला दुई घन्टा ज्यादा कुरिसकेपछि भोक लागेको अनुभव भयो । भित्र रहेको एक मात्र कफी पसलका अगाडि उभिएर मेनुमा उल्लेख भएको मूल्य हेरेपछि धेरैको भोक आफैँ हराउँछ र केही सीमित सुकिला मानिसले मात्र गफ लगाएर चुस्की मारिरहेका देखिन्छन् । सँगै रहेका मित्रले कफी खाने आँट निकालेर पैसा तिरिसकेपछि साहुनीलाई सोधे– किन यति धेरै मूल्य ? उनले ढाडससमेत दिने गरी थपे– निकै भाडा तिर्नुहुन्छ कि क्या हो ? साहुनीले भाडा बताइनन्, उल्टै अनुमान गर्न भनिन् । साथीले निकै मोल लगाए जसरी भने– २५ हजार तिर्नुहुन्छ कि क्या हो ? साहुनीको आँखा तर्ने पालो थियो । एक छेउ पनि अनुमान गर्नु भएन । ६ लाख तिर्नुपर्छ यसको ६ लाख – अलि जंगिएको भावमा जवाफ आयो । अब ती मित्रले साहुनीलाई अरू केही सोध्ने आँट गरेनन् । मतिर फर्किएर सोधे– आन्तरिक विमानस्थल कक्षमा यति धेरै भाडा चाहिँ किन तिर्नुपर्छ ?मैले पनि प्रश्नवत् आँखा फर्काएँ। 

विमानको यात्रा स्वाभाविक रूपमा सुखको यात्रा हो । तर विमान यात्रा समयको बचत पनि हो । ऊ बेला राणा प्रधानमन्त्री जंगबहादुर राणा ६ महिना लगाएर बेलायत पुगेर फर्किए । केही घन्टाको उडानमा अब दुनियाँका सबै ठाउँमा पुग्न सम्भव भएको छ । नेपालमा पनि प्रजातन्त्रले निजी क्षेत्रको प्रवद्र्धन ग¥यो र विमानमा लगानी गर्ने निजी व्यवसायी जन्मिए । फलस्वरूप, नागरिकले मुलुकभित्रै पनि विमान यात्रा गर्न पाएका छन् । तर यो यात्रा सुखद हुन छाडेको छ । यसले समयको बचत होइन, बर्बादी सुरु गरेको छ । विमान कम्पनीले सजिलो निहुँ पाएका छन्– एअर ट्राफिकका कारण उडान ढिलो हुन गएको हो । एअर फ्लाइटको निर्धारित समय हुन्छ नि । आन्तरिक वा बाह्य सबै उडान कतिबेला हुन्छन् भन्ने त निश्चित नै हुन्छ । त्यसै आधारमा उडान तालिका बनाइने होइन र ? सडकमा गुड्ने सार्वजनिक गाडीको पनि तालिका हुन्छ । हवाइ यातायात भनेको सार्वजनिक गाडी बाहेकका निजी गाडी पनि चल्ने सडक यातायात जस्तो हो र ?
सबैलाई थाहा छ, हाम्रो विमानस्थल सानो छ । आन्तरिक र बाह्य दुवै उडान र अवतरण एउटै विमानस्थलबाट हुँदै आएको छ । आजको भोलि विमानस्थलको विकल्प खोज्न सम्भव छैन । तर कुन फ्लाइट कति बजे टेक अफ वा ल्यान्डिङ गर्छ भन्ने जानकारीविना नै हरेक विमान कम्पनीले आफ्नो समय तालिका बनाउने त होइनन् नि ?दिनको कतिवटा उडान र अवतरण सम्भव छ भन्ने आधारमा नै विमान उडान वा अवतरणको अनुमति दिइने होइन ? किन हरेक दिन, हरेक विमानका उडान कतै पनि समयमा उड्दैनन् ? कस्तो खेलाँची हो यो ?सम्भव नभएका उडानहरूको तालिका किन बनाउने ? यात्रुलाई घन्टाँैसम्म किन कुराउने ? फ्लाइट नै नभएर यात्रुहरू पटक पटक किन विमानस्थलबाट फर्कनुपर्ने?
यो सबैलाई थाहा छ, विमान यात्रा भनेको हवाइ यातायात हो । यदाकदा प्रतिकूल मौसमका कारणले उडान र अवतरण प्रभावित हुन्छन् । विमानस्थलमा नै हुने दुर्घटनाले पनि केही हदसम्म प्रभाव पार्न सक्छ । यस्ता घटनाले उडान वा अवतरणमा पार्ने प्रभावलाई बुझ्न सकिन्छ । तर हरेक दिन यो समस्या किन आउँछ ? यसको जवाफ मौसम विभागले दिनुपर्ने त होइन होला नि ? अर्को कुरा विमान कम्पनीले ढिलासुस्तीबापत यात्रुप्रतिको कुनै दायित्व बेहोर्नु पर्दैन?घन्टौँ कुराउँदा एक कप चिया खुवाउने दायित्व पनि उसमा देखिँदैन । उडान रद्द हुँदा यात्रुलाई हुने क्षतिमा कुनै अंश पनि उसले बेहोर्नै नपर्ने ?

वैशाख ७ गते धनगढीमा रोकिएको विमान कम्पनीले दिएको जवाफ, राति एअर ट्राफिक बढ्ने भएकाले बिहान उडान गर्न लागिएको हो । यो कुरा कम्पनीलाई थाहा रहेछ त यात्रुलाई बिहानको समय दिएर बोलाउन सकिन्नथ्यो ?आकस्मिक बाहेकका अरू कुनै प्राविधिक वा प्राकृतिक कारणबाट उडान रोकिने हो भने दुई घन्टा अगाडि यात्रुलाई एसएमएस सूचना गर्न सकिँदैन ? यस्तो हवाइ सेवा अराजकता सायदै कुनै मुलुकमा होला। 

पर्यटन मन्त्री पक्कै पर्यटक बढाउने अभियानमा हुनुहोला । आफ्नै मुलुकका नागरिकले पचाउन नसक्ने यस्तो यात्रालाई विदेशी पर्यटकहरूले कसरी लिएका होलान् ? भुइँमा घन्टौँ लम्पसार पर्नुपर्ने अवस्थालाई नै एडभेन्चर मानेर फर्किनु परेका दिन ती विदेशीले अर्को कुन साथीलाई नेपाल घुम्न जाने सल्लाह देला ? ऊ आफैँ के सम्झेर दोहो¥याएर नेपाल आउला ? यो ज्ञान नपाएरै मात्र मन्त्री रवीन्द्र अधिकारी विमानस्थल भ्रमणमा गएका पक्कै होइनन् । कर्मठ युवा पर्यटन मन्त्रीले यो अराजकताबाट नागरिकलाई मुक्ति देलान् ?





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad