coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रोमको सम्भावना बलियो

मिलान – एएस रोमाले शनिबार एसपिएएललाई ३–० ले पराजित गर्दै शीर्ष ४ मा बस्दै अर्का सिजन च्याम्पिन्स लिगमा छनोट हुने सम्भावना थप मजबुत पारेको हो।

३३ औं मिनेटमा एसपिएएलका फ्रान्सिस्को भिसारीले गरेको आत्मघाती गोलमा रोमाले अग्रता लिएको थियो।

५२ औं मिनेटमा राड्जा नियानगोलानले गोल  गर्दै रोमाको अग्रता दोब्बर पारेका थिए। त्यसको ७ मिनेटपछि प्याट्रिक स्किचले गोल गर्दै रोमाको सहज सजत पक्का गरेका थिए।

यस जितपछि ३४ खेलमा ६७ अंक जोडेको रोमा तेस्रो स्थानमा यथावत छ। जुन एक एक खेल कम खेल्दै चौथो र पाँचौ स्थानमा बसेका लाजियो र इन्टर मिलान भन्दा क्रमश ३ र ४ अंक बढी हो। ८५ अंक जोडेको युभेन्टस् शीर्ष स्थानमा यथावत हुँदा ८१ अंक जोडेको नेपोली दोस्रोमा छ। २९ अंक जोडेको एसपिएएल १७ औं स्थानमा छ।

यता शनिबारै सम्पन्न अर्को खेलमा बेनभेन्टोलाई१–० को नजिता सुम्पिएसँगै मिलानको युरोपा लिग खेल्ने सम्भाना समेत संकटमा परेको छ। २९ औं मिनेटमा पियट्रो इमेलोले गरेको गोल बेनभेन्टोको जितमा पर्याप्त बन्यो। इमेलोले भायोलाको पासलाई पोस्टको दिशा दिएका थिए।

५४ अंक जोडेको मिलान छैटौ स्थानमा छ। जनुसातौ स्थानको एट्लान्टा भन्दा मात्र २ अंक बढी हो। एट्लान्टाले अर्काे खेलमा टोरिनोलाई पराजित गरेमा मिलान सातौ स्थानमा झर्नेछ।

प्रकाशित: १० वैशाख २०७५ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App