८ वैशाख २०८१ शनिबार
समाज

नक्कली बिलबुक बनाई चोरीको मोटरसाइकल बेच्ने ३ जना पक्राउ

काठमाडौं- महानगरीय प्रहरी परिसरले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल बेच्ने तीन जनालाई पक्राउ गरेको छ।  परिसरबाट खटिएको टोलीले नक्कली बिलबुक बनाएर मोटरसाइकल बेच्दै आएका दाङका सनम चौधरी, मकवानपुरका धनबहादुर योञ्जन र दोलखाका गोपाल नेपालीलाई अाइतबार पक्राउ गरेको हो। 

परिसरले अाइतबार पत्रकार सम्मेलन गरी भारतबाट विभिन्न कम्पनीका मोटरसाइकल चोरी निकासी गरी नेपाल ल्याई नक्कली बिलबुक बनाएर बेच्ने गरेको बताएको छ। सम्मेलनमा परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले योञ्जन मुख्य एजेन्ट, नेपाली सहायक एजेन्ट र चौधरी ग्राहक खोजी बिक्री गर्ने गरेको अनुसन्धानमा खुल्न आएको बताए। 

उनले चोरी भएका १३ मोटरसाइकल बा ९१ प ९१९५, बा ९२ प ४६००, बा ९२ प ७२०९, बा ८४ प ५४८३, बा ९२ प ६१८६, बा ६९ प ९२२६, बा ५३ प ३२०४, लु ३९ प १२९४, लु ३९ प १७६६, लु ३८ प ७०६५, ना ५१ प ५८६४, बा ८५ प ६६४४ र बा ८६ प ९४१६ रहेको जानकारी दिए। 

प्रहरीले मोटरसाइकलको साँचो छ थान, बिलबुक सात थान, मोबाइल दुई थान र नगद रु एक लाख ४२ हजार ३५० बरामद गरेको छ। उनीहरुलाई सरकारी छाप दस्तखत कीर्ते र ठगी मुद्दा दर्ता गरी कारबाही गरिने परिसरले जनाएको छ। 

यसैगरी परिसरले प्रतिबन्धित लागुऔषध कारोबार गर्ने चार जनालाई पक्राउ गरेको छ। परिसरअन्तर्गत रहेको महानगरीय प्रहरीवृत्त सोह्रखुट्टेले लागुऔषध ओसारपसार गरेको भन्दै स्याङ्जाका रविन गुरुङ, सोलुखुम्बुका लाक्पा शेर्पा, पर्साका दीपुकुमार र सोही स्थानका राजु कुमारलाई शनिबार साँझ पक्राउ गरेको हो। 

उनीहरुसँग प्रहरीले डाइजेल्याव ५७६, फेनार्गन ५९० एम्पुल र नुर्फिन ५५६ एम्पुल बरामद गरेको छ।

प्रकाशित: ९ वैशाख २०७५ १५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App