दाहाललाई ओलीको कटाक्ष– म सेन्टिमेन्टल हुन्न, नआत्तिनुस्

आइतबार, ०९ बैशाख २०७५, १७ : ४४ दिलिप प्रकाश कार्की

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि कटाक्ष गरेका छन्।

बेला बेला भावनामा बग्ने र निर्णय परिवर्तन गरिरहने दाहालतर्फ कटाक्ष गर्दै ओलीले राष्ट्रिय सभागृहमा आयोजित एमाले–माओवादीको संयुक्त समारोहमा भने– ‘दातमा ढुंगो लागेको हो आज पनि। म सेन्टिमेन्ट हुन्न। एकता बजारमा घुम्न गएको बेला टपक्क टिपेर ल्याएको होइन। हामीले नगरी हुँदैन। हाम्रै पहलबाट यो अवस्थामा आएका हौं। अब जुता मिलेन भनेर छुट लिने ठाउँ छैन, खुट्टा ताछेर पनि मिलाउनुपर्छ। एकताको विकल्प छैन्।’

उनले पार्टी एकतापछि दुबैतर्फका नेता कार्यकर्तासहित सबै सदस्यलाई उचित स्थान र सम्मान दिइने भन्दै माओवादीलाई नआत्तिन सांकेतिक रुपमा आग्रह समेत गरे। ‘यो एकता मेलामा लगाएको मित होइन। हामीबीच नीतिगत र सैद्धान्तिक मैतक्यता छ। विहे गर्न अघि अलग अलग घर हुन्छ। अनि विहे भइसकेपछि त्यो घरको विरालो, बाच्छोको पनि माया लाग्छ। अनि एकतापछि नौ गते दाँतमा कर्णिक्क दाँतमा ढुंगो लागेकोजस्तो किन गरेको होला भन्ने लाग्छ। 

हिंसाको बाटो आजको आवश्यकता नभएको भन्दै उनले अब सबै देशको विकास र समृद्धिमा लाग्नुपर्नेमा जोड दिए। ‘कोही कोही क्रान्तिका नाममा अनेकन फण्डा गरिरहेका छन्। अब त्यस क्रान्तिको अर्थ के?’, विप्लवतर्फ व्यंग्य गर्दै ओलीले भने– ‘देशमा विकास गर्ने, शान्ति स्थापना गर्ने होइन ?’

प्रधानमन्त्री ओलीले सरकार मालिक नभई सेवक भएको स्पष्ट पार्दै भने– ‘जनतालाई सेवा प्रदान गर्ने, जनतालाई गोलबन्द गरेर नेतृत्व गर्ने हो। सरकार मालिक होइन सेवक हो। सरकार पारदर्शी भएर चल्छ। सरकार गरिब निमुखाको सेवा गर्न बनेको हो। जुन पार्दशिताको बाटोबाट, सुशासनको बाटोबाट अघि बढ्छ।’

‘एकता विरोधी तत्वले केही आश नगरे हुन्छ’

कम्युनिष्ट स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहमा लामै सम्बोधन गरेका ओलीले एमाले र माओवादीबीच एकता भई छाड्ने स्पष्ट पार्दै एकताविरोधी तत्वले केही आश नगरे हुन्छ भने। उनले नेपालमा पेरिस कम्युन नयाँ संस्करणमा जागेको समेत दाबी गरे।






यसमा तपाईको मत

अन्य समाचार

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

कुसोममा एनआइबिएल

कुसोममा एनआइबिएल

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा विस्तारित काउन्टर खोलेको छ । ...

Ncell Footer Ad