coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सडक दुर्घटनामा सांसदको परिवारसहित आठको मृत्यु

अमान – जोर्डनमा शनिबार भएको एक सडक दुर्घटनमा यहाँका एक सांसद र उनका परिवारसहित आठ व्यक्तिको मृत्यु भएको छ। 

सांसद र उनका परिवारजन चढेको एक कार ट्रकसँग ठोक्किँदा सो घटना भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । 

यस दुर्घटनामा परी सांसद अमाम्रेह, उनकी श्रीमती, तीन छोराछोरी र श्रीमतीको भाइको मृत्यु भएको छ।

त्यसैगरी ट्रक चालक र उनको सहयोगीको पनि मृत्यु भएको बताइएको छ । जोर्डनको दक्षिण सहर मआनका सेनाका पूर्वकर्णेल तथा सांसद अमाम्रेहको मृत्युमा जोर्डन संसद्का सभामुखले दुःख व्यक्त गरेका छन्। 

जोर्डनमा सडक सुरक्षामा कमि भएकै कारण सन् २०१६ मा सडक दुर्घटनामा परी ७५० व्यक्तिको मृत्यु भएको थियो। 

प्रकाशित: ९ वैशाख २०७५ ०९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App