coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी सचिवालय बैठकको निष्कर्ष : एकता सम्मानजनक हुनुपर्छ

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको विस्तारित बैठकमा एमालेसँगको एकता सम्मानजनक हुनु पर्ने बताएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको बैठकमा बोल्ने अधिकांस नेताहरुले एकताको नाममा निहुरिएर जान नहुने धारणा राखेका हुन्।

बैठकले पार्टी एकतामा भइरहेका प्रगतिबारे अध्यक्ष दाहालले ब्रिफिङ गरेका थिए। बैठकमा उनले दुबै पार्टीका कार्यादलले दुबै अध्यक्षलाई बुझाएको प्रतिवेदनमा भएको छलफलबारे बताएका थिए। पार्टी एकता संयोजनले प्रतिवेदन परिमार्जन गर्ने जिम्मा दुई अध्यक्षलाई दिएको थियो।

बैठकमा सैद्धान्तिक, राजनैतिक, सांगठनीक विषयमा समझदारी कायम गर्ने कुरा सकारात्मक ढंगले अघि बढिरहेको दाहालले जानकारी गराएका थिए। यसमा अझै थप छलफल जारी रहेको उनको भनाई थियो।

अहिलेको राष्ट्रको आवश्यकता, दुबै पार्टीका नेता, कार्यकर्ता र नेपाली जनताले अनुमोदन गरेको पार्टी एकता सम्पन्न गर्ने कुरा सुनिश्चित भए पनि समानता, सम्मानजनक र न्यायोचित आधारमा पार्टी एकताको लागि बैठकले जोड दिएको छ।

प्रकाशित: ९ वैशाख २०७५ ०६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App