coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

मनीषाले सार्वजनिक गरिन्‘मिसिगन ब्लुज’

काठमाडौं – अभिनेत्री मनीषा कोइरालाले लेखक अरुण शर्माको उपन्यास ‘मिसिगन ब्लुज’को लोकार्पण गरेकी छिन्।

‘इमानदारीका साथ भन्नुपर्दा नेपाली भाषाको पूरा पुस्तक पढिसक्न मलाई मुस्किल हुन्छ र यो उपन्यास मिसिगन ब्लुज पनि मैले पूरा चाहिँ पढ्न सकिनँ । तथापि उपन्यास जति पढें राम्रो नै लाग्यो,’ मनीषाले भनिन्।

उनले अगाडि भनिन्, ‘पेन्गुइनबाट मेरो पुस्तक पनि आउन लागेको छ। यही जेठमा हुने प्रदर्शनीमा बुक लन्च हुने सम्भावना छ। फेरि नेपाल आउने छु पुस्तककै बहानामा तपाईंहरुसँग फेरि छिटै दोस्रो भेट पनि होला।’

उपन्यासबारे कवयित्री भुवन ढुंगानाले समीक्षात्मक टिप्पणी गर्दै भनिन्, ‘प्रकृतिको अत्यन्त सुन्दर चित्रण गरिएको उपन्यासमा अमेरिकी सपना, कल्चर र परिवेशको चित्रण निकै सशक्त रुपमा गरिएको छ । उपन्यासले समेटेको चीन र नेपालको परिवेशले यसमा नियात्रात्मक फ्लेबर दिएको छ।’

‘मैले लेखकसँग पाँच मिनेट उपन्यासको विषयमा कुरा गरें। उपन्यासको पात्र नीलको जीवनप्रतिको छटपटीले छोयो ४० मिनेट पढेर छाप्ने निर्णय गरें। उपन्यासले युवाको छटपटीलाई समाउने प्रयास गरेको छ ’ डिकुरा पब्लिकेसनका अध्यक्ष तथा लेखक पुण्यप्रसाद प्रसाईले भने।

‘केही दिन अमेरिका घुमेको आधारमा उपन्यास लेख्नु र त्यही बसेर उतैको कल्चरमा घुलमिल भएर उतैको जीवनशैली बाँचेर लेखिनुमा धेरै फरक पर्छ। यो मामलामा लेखक सफल भएका छन्,’ लेखक तथा पत्रकार नारायण वाग्लेले भने। लेखक अरुणका अनुसार, ‘यो अमेरिकन, चाइनिज र नेपालीको भित्री दुःख र त्यस दुःखबाट देखिने नयाँ खोज हो मिसिगन ब्लुज।’ पेशाले इन्जिनियर लेखक अरुण शर्माको यो पाचौं कृति हो।

प्रकाशित: ९ वैशाख २०७५ ०६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App