८ वैशाख २०८१ शनिबार
कला

ज्योति कविता वाचन

काठमाडौं – कविता वाचनको श्रृंखला ‘ज्योति  कविचा वाचन’मा आधा दर्जन कविले कविता सुनाएका छन्।

कवि मणिराज सिंहको सभापतित्व र कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मोहन दुवाल, राधिका गुरागाई, पुष्कर लोहनी, गंगा सुवेदी, डा. शान्ति गिरी, रुकु कार्की, मेनका पोखरेल, भगवती अर्याल र हरिप्रसाद पाण्डेयले कविता सुनाएका िथए ।

ज्योति साहित्य प्रतिष्ठान र ज्योति प्रकाशनले आयोजना गरेको कार्यक्रममा कवि रुकु कार्कीलाई सम्मान गरियो भने  मोहन दुवालले सभापति मणिराज सिंहलाई जनमत साहित्य प्रतिष्ठानको तर्फबाट सम्मान गरे। कार्यक्रममा तारानाथ लम्साल, दिपक धमला, उषा शंकर, मञ्जिला शर्मा, महेशप्रसाद रिजाल, जनार्दन अधिकारी धड्कन, सुष्मा रिजाल, दिनेशकुमार संग्रौला, मुकुन्द अर्याल, गोकुल अधिकारी, संगीता ठाकुर, राजबाबु श्रेष्ठ सागर, टीकादास श्रेष्ठ, देवकी अभिलाषी, गुप्तबहादुर श्रेष्ठ, उषा आचार्य लगायतले कविता सुनाए।

कार्यक्रममा बोल्दै अतिथि पुष्कर लोहनीले कवितामा नयाँ प्रयोग गनुपर्ने र आफूले साहित्य नयाँ ढंगले लेख्दै आएको बताए। त्यस्तै मोहन दुवालले मान्छे बुढो भए पनि मन बुढो नहुने र सधै क्रियाशील रहनुपर्ने बताए। कविताको महत्व घट्दै गएको भन्दै दुवालले कविता ओझपूर्ण हुनुपर्ने, सबैले कवितालाई सम्मान गर्न आवश्यक रहेको कुरा व्यक्त गरे।

कवि शैलेन्द्र साकारले कविताको महत्वलाई जोड दिँदै कविता फरक धारमा लेखिनुपर्ने, नदीको पानी बगिरहेको ठाउँमा चट्यान भएर उभिनुपर्ने भन्दै कवितालाई सस्तो नबनाउन अनुरोध गरे। कार्यक्रममा सिंहले कविताको आवश्यकता, अवस्थाको चर्चा गर्दै राजनैतिक विषयवस्तुसमेत चर्चा गरे।

प्रकाशित: ९ वैशाख २०७५ ०६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App