coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

दीपिकालाई रिप्लेस गर्दै आलिया

मुम्बई –छोटो समयमै धाँशु अभिनयको बलले निर्देशकको रोजाइमा पर्दै आएकी अालिया अब सञ्जयलिला भन्सालीको नजरमा परेकी छिन् । दीपिका पादुकोणलाई लिएर तीन तीन वटा सुपरहिट फिल्म दिएका भन्सालीले चौथो फिल्ममा दीपिकालाई छाडेर आलियालाई रोजेका छन्।

बायोपिक र पुस्तकमा आधारित फिल्म बनाउन रुचाउने भन्सालीले चर्चित सायर साहिर लुधियानवी र साहित्यकार अमृता प्रितमको प्रेमकथालाई यो पटक पर्दामा उतार्ने तयारी गरिरहेका छन् र यसका लागि उनले आलियालाई रोजेको समाचार छ। आलियाले अमृता प्रितमको भूमिका निर्वाह गर्नेछिन्। साहिर लुधियानबी र अमृता प्रितमको प्रेमकथा सन् ६०को दसकमा चर्चित प्रेमकथा मानिन्छ।

भन्सालीले यसअघि इरफान खान र दीपिका पादुकोनलाई लिएर फिल्म बनाउन लागेका चर्चा थियो। पहिले यो फिल्म ‘गुस्ताखियाँ’ शीर्षकमा बन्ने भन्सालीलाई उद्धृत गर्दै भारतीय समाचार माध्यमले लेखेका थिए। तर इरफान बिरामी भएसँगै भन्सालीले साहिरको भूमिकाका लागि अभिषेक बच्चनलाई साइन गराएको समाचारको दाबी छ।

स्रोतका अनुसार आलियाले फिल्म साइन गरिनहालेको भए पनि अभिषेकले भने फिल्म साइन गरिसकेका छन्। भन्सालीले आलियालाई फिल्म खेल्ने प्रस्ताव गरेको भए पनि आलियाले निर्णय दिइनसकेको समाचारमा उल्लेख छ। आलिया हाल ‘राज्जी’को प्रमोसनमा सक्रिय छन् भने अभिषेकले पनि भर्खरै एउटा फिल्मको सुटिङ सकाएका छन्।

प्रकाशित: ९ वैशाख २०७५ ०६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App