७ वैशाख २०८१ शुक्रबार
खेल

रेलिगेसन समीकरण रोचक

बर्लिन – उल्फस्बर्गले शुक्रबार बोरुसिया मोन्चेनग्लाडबाचलाई ३–० को नतिजा सुम्पिएसँगै बुन्डेसलिगाको रेलिगेशन समिकरण थप रोचक बनेको छ।

पहिलो हाफमा लार्स स्टेन्डल,राफायल र क्रिस्टोप क्रामेरले गरेको गोल मोन्चेनग्लाडबाचको जितमा पर्याप्त बन्यो। यता सुखद नजिता हात पार्दै रेलिगेशन क्षेत्रबाट उम्किने उल्फस्बर्गको  लक्ष्यले पूर्णता पाउने सकेन।

‘हामीलाई  रेगिलेशनको सम्भावना टार्न जित आवश्यक थियो र हामी यसबारे राम्रोसँग जानकार थियौ ।तर टोलीको प्रदर्शन त्यस्तो देखिएन,’उल्फस्बर्गका रक्षक पाउल भर्हागले भने, ‘मोन्चेनग्लाडबाच खेलको सुरुआत देखिनै हाबी भयो।’

यस जितपछि ३१ खेलमा ४३ अंक जोडेको मोन्चेनग्लाडबाच आठौ स्थानमा यथावत हुँदा नजिता सुम्पिएको उल्फस्बर्ग ३० अंकका साथ १४ औं स्थानमा छ। एक खेल कम खेल्दै समान ३० अंक जोडेका मेइन्ज र फियरीबर्ग क्रमश १५ औं र १६ औं स्थानमा छन्। लिगको अर्का खेलमा फियरीबर्गले ह्याम्बर्ग र मेइन्जले औसबर्गमाथि जित हात पारे उल्फस्बर्ग रेलिगेशन क्षेत्रमा झर्नेछ।

खेलको आठौं मिनेटमा स्टेन्डीलले गरेको गोलमा मोन्चेनग्लाडबाचले अग्रता लिएको थियो। ३५ औं मिनेटमा राफायलले गोल गर्दै मोन्चेनग्लाडबाचको अग्रता दोब्बर पारेका थिए। मध्यान्तर हुन एक मिनेट बाकी हुँदा क्रामेरले गरेको गोल मोन्चेनग्लाडबाचको जितमा पर्याप्त बन्यो।

प्रकाशित: ९ वैशाख २०७५ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App