८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इटालीमा एक दिने राष्ट्रिय शोकको घोषणा

रोम- इटाली सरकारले भूकम्पमा मृत्यु हुने मृतकको सम्झनामा एक दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। गत बुधबार गएको ६.२ रेक्टर स्केलको भूकम्पमा परी ३ सय जनाभन्दा बढीको मृत्यु भएको थियो।

उनीहरुको सम्झनामा इटाली सरकारले शनिबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो। यस क्रममा राष्ट्रिय झण्डालाई आधा झुकाइनेछ।

इटालीका प्रधानमन्त्री माटियो रेन्जीले आज त्यहाँ हुने शोक सभामा सहभागी हुँदैछन्। भूकम्प प्रभावित पेरुगये शहरमा संकटकाल घोषणा गरिएको छ।

त्यहाँका अधिकारीहरुले उद्धारकार्य जारी रहेको भन्दै मृतकको संख्या बढ्नसक्ने बताएका छन्। उनीहरुले भूकम्पमा परी मृत्यु हुनेमा अधिकांश इटालीयन नागरिक रहेको र केही विदेशीसमेत रहेको बताएका छन्।

प्रकाशित: ११ भाद्र २०७३ ०५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App