८ वैशाख २०८१ शनिबार
अर्थ

वैशाख १५ मा मारवाडी महोत्सव

काठमाडौं – झापा मारवाडी समाज अन्तर्गतको महिला मञ्चले काठमाडौंको भृकुटीमण्डपमा एकदिने मारवाडी महोत्सव गर्ने भएको छ।

आगामी वैशाख १५ गते आयोजना हुने महोत्सवको उद्देश्य मारवाडी कला, संस्कृति, वेशभूषा र परम्पराको प्रदर्शन र सम्बद्र्धन गर्नु रहेको समाजले जनाएको छ। संस्थाका अनुसार नेपालमा सदियौंदेखि मारवाडीको बसोबास रहिआए पनि यस समुदायका चाडपर्व र उत्सवहरुमा बाहेक सार्वजनिक रुपमा मारवाडी कला, संस्कृति र परम्परा, वेशभूषाको प्रदर्शनी भएको छैन।

‘मारवाडी परम्परा, इतिहास र कला, संस्कृतिबारे जागरण फैलाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो,’ समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ। महोत्सवमा मारवाडी समुदायमा लोकप्रिय राजस्थानी लोकनृत्य प्रदर्शन गरिनेछ।

सांस्कृतिक कार्यक्रमका लागि राजस्थानबाट कलाकर्मीहरु ल्याइने छ। महोत्सवमा सुफी संगीत र लांगा संगीतको मज्जा पनि लिन पाइने छ। यसका लागि १२ कलाकार सम्मिलित सांगीतिक टोली राजस्थानबाट आउने समाजले जनाएको छ। सारंगी, रावणहत्या, कामायाचा, मोर्चङ र एकतारा जस्ता राजस्थानी लोकबाजाका साथ सांगीतिक प्रस्तुतिहरु हुनेछन्।

त्यसैगरी, कठपुतली सो, फोटो प्रदर्शनी, वर्तनकला, ढोलातासा/नगरा, कच्चीघोडी स्वागत, भाला मसाल, सांस्कृतिक÷परम्परागत पोसाक, मारवाडी खाना, मारवाडी वास्तु र मारवाडी उपहारका सामानको स्टल मेलाका आकर्षण हुनेछन्।

महोत्सवका दिन काठमाडौं, कमलादीस्थित गणेशस्थानबाट महोत्सवस्थलसम्म मारवाडी सांस्कृतिक झाँकीसहितको -याली हुने समाजका अध्यक्ष मदन मित्तलले जानकारी दिएका छन्।

प्रकाशित: ९ वैशाख २०७५ ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App