८ वैशाख २०८१ शनिबार
कला

सलमानको जमानत वारेन्ट रद्द

मुम्बई– १६ वर्ष पुरानो हिट एण्ड रन मुद्दामा बलिउड अभिनेता सलमान खानको जमानत वारेन्ट खारेज भएको छ। यससँगै उनलाई प्रहरीले पक्राउ गरेमा अदालतले जमानत दिनेछैन्। यद्यपी यो मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ। 

सन् २००२ को हिट एण्ड रन मुद्दामा मुम्बईको सत्र न्यायालयले सलमानको जमानती वारेन्ट रद्द गरेको भारतीय सञ्चारमाध्मयले जनाएका छन्। २०१५ को डिसेम्बरमा बाम्बे हाई कोर्टले सबुत प्रमाण नपुगेको भन्दै सलमानलाई सफाई दिएको थियो। तर महाराष्ट्र सरकारले यो फैसलाविरुद्ध सर्वाेच्च अदालतमा निवेदन दियो। अहिले यो मुद्दा सर्वाेच्चमा चलिरहेको छ। 

२००२ को सेप्टेम्बर २८ मा सलमानले नशाको अवस्थामा आफ्नो कारले फुटपाथमा सुतिरहेका ५ मानिसलाई किचेको आरोप छ। त्यसमध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको थियो। त्यतिबेला यो घटनामा दोषी ठहर गर्दै सेशन कोर्टले सलमानलाई ५ वर्षको जेल सजायँ सुनाएको थियो। तर यो फैसला उल्टाउँदै बाम्बे हाइकोर्टले उनलाई सफाइ दियो।

हिट एण्ड रन मुद्दामा सलमानले सफाइ पाएपछि हाइकोर्टको फैसलाविरुद्ध महाराष्ट्र सरकार सर्वाेच्च अदालत गयो। जसमा अन्तिम फैसला आउन बाँकी छ। 

यसअघि सलमानलाई कालोहरिण (कृष्णसार) शिकार मामिलामा जोधपुरको स्थानीय अदालतले ५ वर्षको सजायँ सुनाएको थियो। तर, तीन दिन जेल बसेपछि सलमानलाई सेशन कोर्टले जमानत दियो र उनी रिहा भए।  

प्रकाशित: ८ वैशाख २०७५ १५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App