coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

महिला टी–२० क्रिकेटको उपाधि एपीएफलाई

बारा– कलैयामा जारी रहेको महिला टी–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफले उचालेको छ। सिद्धेश्वर क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा झापाको मिलन क्रिकेट क्लबलाई ५६ रनले हराउँदै  विभागीय टीम एपिएफले ५० हजार नगदसहित उपाधि उचालेको हो। 

टस जितेर पहिलो पारीमा व्याटिङ्गमा उत्रेको एपीएफले झापालाई १२१ रनको लक्ष्य दिएको थियो। एपीएफका लागि ज्योती पाण्डे ३१ रन, ममता चौधरी १६ रन र करुणा भण्डारीले १४ रन बनाइन्। झापाका बलर रुबिना क्षेत्रीले ३ विकेट, सबनम राई र संगिता राईले सामान २/२ विकेट लिन सफल भए।

१२२ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको झापाले १९ ओभरमा आफनो सम्पूर्ण विकेट गुमाई ६४ रन मात्र बनाउन सफल भएको थियो। झापाका रोमा थापाले १५ रन, गिता गोंसाई १० रन र रुबिना क्षेत्री ९ रन बनाएकी थिइन। एपीएफका करुणा भण्डारी, सोनु खडका, रेखा रावल र सिता राणा मगरले सामान २÷२ विकेट लिईन। 

खेलको वुमन अफ द फाइनल एपीएफकी ज्योती पाण्डे, बेष्ट व्याटस वुमन आरसिडब्लुकी शेहनाज प्रविण, बेष्ट बलर झापाकी रुबिना क्षेत्री, वुमन अफ द टुर्नामेन्ट एपीएफकी सीता राणा मगर भइन।

प्रतियोगिताको विजेता एपीएफलाई कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले नगद ५० हजार पुरस्कारसहित शिल्ड प्रदान गरेका थिए। प्रतियोगिताको उपविजेता झापालाई बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात चौरसियाले नगद २५ हजार पुरस्कारसहित शिल्ड प्रदान गरेका थिए। 

प्रतियोगितामा कलैया उपमहानगरपालिका कलैया, महागढीमाई नगरपालिका बरियारपुर, जगशक्ति टिएमटी, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, महालक्ष्मी विकास बैंक लगायतले सहयोग गरेका थिए।

प्रकाशित: ८ वैशाख २०७५ १३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App