कसले बनायो रानीपोखरी?

शनिबार, ११ भदौ २०७३, १० : २६ रमेशकुमार पौडेल

चितवनमा निकुञ्ज बाहेक घुम्ने अरु ठाउँ पनि छन्। त्यस्तै एउटा गन्तव्य हो रानीपोखरी। पश्चिम चितवनको चित्रवन नपा–४ शारदानगर किरणगञ्जको पोखरीमा डुंगा सयरको मज्जा लिन पाइन्छ। 

धेरै पहिल्यै पोखरी निर्माण भएको स्थानीय बताउँछन्। वरपर कतै वस्ती नभएको समयमा घुम्दै आउने कुनै राजाले पोखरी बनाएको अनुमानका आधारमा त्यसको नाम रानी पोखरी राखेको अनुमान छ। केही वर्षअघिसम्म पोखरी गाइवस्तुले पानी खाने र आहाल वस्ने ठाउँ मात्रै बनेको थियो।

समय बदलियो, स्थानीयले त्यहाँ पर्यटनको सम्भावना देखे। समिति बनाएर पोखरी सिंर्गान सुरु गरे। पुर्वाधार थप्दै गए। आज डुँगा सयर सुविधासम्म थपिसकेका छन्। 

पोखरीका माछा खान थरी थरीका बकुल्ला झुम्मिन्छन्। अरु शिकारी चरा पनि पौडी खेल्छन्। चरा अवलोकन गर्न पनि पोखरी राम्रो गन्तव्य बन्न सक्छ। रुख, बिरुवा र थुम्का टन्नै भएको पोखरीको डिलैडिल घुम्दा मन रमाउँछ। वरपर गाउँको दृश्य पनि लोभलाग्दो छ। 

मनसुनमा पुरै गाउँ हरियो च्यादर ओढेर बसेझैं देखिन्छ। पोखरी संरक्षण गर्न स्थानीयले १४ वर्षअघि रानी पोखरी विकास तथा संरक्षण समिति गठन गरेका थिए। समितिले डुंगा चलाएको हो। दुई बिघा क्षेत्रफल रहेको पोखरीमा खुट्टाले प्याडल चलाएपछि डुँगा चल्छन्। चार सय रुपैयाँ तिरे पछि डुंगामा एक घण्टा विताउन पाइन्छ। एउटा डुंगामा चारै जना अटाउँछन्। यस हिसाबले एकजनाले सय रुपैयाँमा एक घन्टा बोटिङ गर्छ सक्छन्।।

डुंगा किन्न तीन लाख ६० हजार रुपैयाँ खर्च भएको समितिका सचिव महेन्द्रप्रसाद तिमिल्सिनाले बताए। लाइफ ज्याकेटका लागि थप १३ हजार रुपैयाँ लाग्यो। चार लाख रुपैयाँमा पोखरीको आडमा बुद्ध मूर्ति बनाइएको छ।

शारदानगरमै गुरुङ समुदायको बाक्लो बसोबास छ। मूर्ति वरपर कंक्रिटका ६ वटा कुर्सि छन्। त्यो बनाउन ४५ हजार रुपैयाँ खर्च भयो।

'रानीपोखरीको कुल क्षेत्रफल चार बिघा हो। पोखरी मात्रै दुई विघामा फैलेको  छ' तिमिल्सिनाले भने। ०५९ सालमा शारदानगरका स्थानीय सोमप्रसाद गुरुङको अध्यक्षतामा संरक्षण समिति गठन भएको थियो। त्यसलेे चार विघामा तारबार गरेको थियो। त्यसपछि पोखरी वरपर पूर्वाधार निर्माणका काम सुरु भयो। 

सदरमुकाम भरतपुरबाट १३ किलो मिटर परको रानीपोखरी गत वर्षदेखि चर्चामा आएको हो। पोहोर प्रस्तर (ढुंगाको) मूर्तिकला सम्बन्धि राष्ट्रिय कार्यशाला भएपछि रानीपोखरीले चर्चा पायो। ती कलाकारले बनाएका ढुंगाका २५ मूर्ति पोखरी वरपर राखिएको छ।

पोखरीको डिलमा ढलान गरेर बाटो बनाइएको छ। जस्ताले छाएका टहरा र मन्दिर तथा गुम्बा पनि छन्। ठाउँ–ठाउँमा फलामे कुर्सि छन्। 'घुम्न आउनेले धेरै आनन्द लिन सक्छन्। यो एउटा राम्रो पिकनिक स्पट हो। खानेपानी अभाव नहोस भनेर बोरिङ धसाएका छौं। चार तले भ्यु टावर बनाउँदै छौं' समितिका सुरेन्द्र अध्यक्ष गुरुङले भने।

चितवनको जंगलमा सिकार खेल्न आउने राणा वा राजाहरुले नै पोखरी बनाएको गाउँलेको अनुमान छ। 'वरपर नौवटा थुम्का छन्। पोखरी कसैले खने जस्तो देखिन्छ। पानी सधै हुन्छ। कहिले बन्यो भन्न सकिदैन। सायद राणाकालमै  बनेको होला' राजनीतिकर्मी तोपमानसिंह गुरुङले भने।

रातमा पनि पोखरी घुम्दा रमाइलो होस भनेर नगरपालिकाको सहयोगमा पाँचवटा सौर्य बत्ती राखिएको छ। पोखरीलाई जिल्लाकै नमुना पर्यटकीयस्थल बनाउने अभियानमा लागेको नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अर्यालले बताए। नगरपालिकाले त्यही अनुरुप सहयोग गर्दै आएको छ।

चित्रवन नगरपालिकाले आर्थिक वर्ष ०७२/७३ मा चार लाख रुपैयाँ सहयोग गरेको र चालु आर्थिक वर्षका लागि १६ लाख रुपैयाँ सहयोग गर्ने निर्णय नगर परिषदमा भएको अर्यालले बताए। पोखरी विकासको गुरुयोजना तयार छ। आउँदो आर्थिक वर्षका लागि करिब १३ लाख रुपैयाँ थप सहयोग नगरपालिकाबाट हुने अर्यालले बताए।

आकर्षक गन्तव्य

सुरेन्द्र गुरुङ,

अध्यक्ष, रानीपोखरी संरक्षण समिति

शारदानगरमा ०१३ सालबाटै बसोबास सुरु भएको हो। वस्ती वस्नु पहिल्यै पोखरी थियो। बस्ती नहुँदै यति ठुलो पोखरी कसले खन्यो होला? कुनै राजा वा राणाले सिकार खेल्न आउँदा खन्न लगाएको अनुमानका आधारमा गाउँलेहरुले रानीपोखरी भन्दै आएका छौं। 

भरतपुरबाट सजिलै तालमा आउन सकिन्छ। यात्रु बस प्रशस्तै चल्छन्। साइकल चढेर पनि आउन सकिन्छ। निजी गाडी २० मिनेटमा आइपुग्छन्। भरतपुर बस्ने र निकुञ्ज घुम्न चाहने दुवैका लागि सुविधायुक्त ठाउँमा छ पोखरी। हामी पोखरीलाई आकर्षक गन्तव्य बनाउँछौं।   







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad