८ वैशाख २०८१ शनिबार
समाज

नगरपालिलाई व्यवस्थित बनाउन अतिक्रमित घर टहरा भत्काउन सुरु

नीलकण्ठ नगरपालिका क्षेत्रभित्र अतिक्रमित गरी बनाइएका घरटहरा भत्काउँदै डोजर। तस्बिरः सरिता/नागरिक

धादिङ – धादिङको नीलकण्ठ नगरपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ। पहिलो चरणमा नीलकण्ठ नगरपालिका वडा नं ३ स्थित पुछारबजारबाट घर भत्काउन सुरु गरिएको छ।

नगरपालिलाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घरटहरा भत्काएका हुन्। नगर क्षेत्रका विभिन्न सार्वजनिक जग्गा तथा खोलालाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना नगरपालिकाले डोजर लगाएर भत्काएको हो।

स्मार्ट सिटीको रुपमा विकास गर्ने अवधारणा लिएको नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका पक्की घर तथा टहरा भत्काउन सुरु गरेको हो। बजारलाई ब्यवस्थित बनाउनको लागि गुरु योजना बनाइदै गरेकाले गुरु योजना अनुसारको काम गर्न पहिलो चरणमा अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन थालेको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङगानाले बताए। ‘सार्वजनिक सम्पतिको दोहन गरी कसैले पनि यसरी संरचना बनाउन पाउँदैन’ ढुङगानाले भने नियम मिचेर बनाइएका यस्ता संरचना क्रमश नगरपालिकाले भत्काउँदै जानेछ।’

नगरपालिकाले खोला छेउ र सार्वजनिक जग्गाहरू अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरू हटाउन पटक पटक लिखित पत्र समेत दिएको थियो। स्थानीयले अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको नीलकण्ठ नगरपालिकाले जनाएको छ। बजारको सडक साँघुरो हुँदै गएकाले ब्यवस्थित रुपमा पार्किङ समेत नरहेको अवस्थामा खोलाछेउका सार्वजनिक जग्गाहरूमा पार्किङ बनाउने तथा सडक विस्तार गर्ने उद्येश्यका साथ अतिक्रमित घरटहरा भत्काउन सुरु गरिएको मेयर ढुङगानाले बताए।

सदरमुकामको दायाँ र बायाँ भएर बग्ने दुई वटा खोला छेउका जग्गाहरुमा पछिल्लो समय व्यापक अतिक्रमण भइरहेको छ। थोपाल खोला किनार र अरुण खोला किनारकासंगै जोडिएका जग्गाहरूमा घर बनाउने बहानामा खोला समेत हडप्ने क्रम बढ्दै गइरहेको जनगुनासो नगरपालिकाले व्यहोरी रहेको छ। यही गुनासाका बीच नीलकण्ठ नगरपालिकाले बजारलाइ ब्यवस्थित बनाउने योजनाका साथ अतिक्रमण गरेर बनाइएका सवै भवनहरूमा डोजर लगाउने बताएको छ। बस्दै आइरहेको घर डोजर लगाएर घर भत्काउन सुरु गरेपछि स्थानीयले बिरोध जनाएका छन्।

प्रकाशित: ८ वैशाख २०७५ ११:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App