४ वैशाख २०८१ मंगलबार
समाज

मुड्केचुला गाउँपालिका केन्द्र विवाद, जनप्रतिनिधिहरू बने घर न घाटका

डोल्पा – डोल्पाको तल्लो भागमा रहेको मुड्केचुला गाउँपालिकाको केन्द्र विवाद चुलिदै गएपछि गाउँपालिका बैठक बस्नलाई समेत स्थान तय हुन नसक्दा गाउँपालिकाका पदाधिकारीहरू घर न घाटका बनेका छन्।

२०७४ असारको अन्तिम साता बसेको मुड्केचुला गाउँपालिकाको पहिलो गाउँपालीका सभामा मुड्केचुला गाउँपालिका–७ मा रहेको ईल गाउँमा केन्द्र राख्ने की माथिल्लो नर्कुको सुरमा राख्ने विषयमा पदाधिकारीहरू बीच विवाद भएपछि निर्णय गर्न नसकेर दुबै स्थानको नाम राखेर निर्णय गर्ने अधिकार केन्द्रलाई पठाइएको थियो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्ने क्रममा मुड्केचुला गाउँपालिकाको केन्द्र ईलनिलदह  तोकेर०७४ पुस २४ गते अन्य ४६ स्थानीय तहको केन्द्र र नाम समेत परिवर्तन गरेको सुचना सरकारले प्रकाशित गरेको थियो।

मुड्केचुला गाउँपालिकाको केन्द्र ईलनिलदहमा स्थाई रुपमा रहने गरि तोकेर सुचना प्रकाशित गरेपनि बहुमत गाउँबस्तीका बासिन्दाहरूको अवरोधका कारण सरकारले तोकेको केन्द्रमा गएर पदाधिकारीहरूले बैठक त के छलफल सम्म गर्न सकेका छैनन्।

सरकारले कायम गरि तोकेको ईलनिलदह चारैतीर बाढी पहिरो र उच्च भुक्षयको जोखिममा रहनुका साथै भूगोल समेत सानो भएकाले र नर्कु ,सुर,सर्मि,होर्त,र ओक्ट लगायतका बहुमत मानवबस्तीको लागि अपायक पर्ने भएकाले कालिका ईल र अन्य मानवबस्तीको लागि पनि वार्ड–६ मा पर्ने तल्लो नर्कुमा केन्द्र रहेमा सबैको लागि पायक हुने नर्कुका जानकार दन्तबहादुर शाही बताउँछन्।

गाउँपालिकाको पहिलो सभाले पहिले नै गलत ठाउँको चयन गरेर कानुनत चुकिसकेको र अव केन्द्र परिवर्तनको लागि गाउँपालिकाको दुई तिहाई बहुमत निर्णय चाहिने भएकाले केहि पदाधिकारी र राजनीतिकदलका प्रतिनिधिहरूले भने जस्तो केन्द्र सार्ने कार्य सहज नभएको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले बताए।

अहिले गाउँपालिकाको बैठक र गाउँपालिका सभा बस्नको लागि वार्ड–६ मा रहेको माथिल्लो नर्कुको थलाचौरमा घरभाडामा लिएर कार्यसञ्चालन गर्दै आइरहेको अध्यक्ष दत्त शाहीले बताए।

प्रकाशित: ८ वैशाख २०७५ १०:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App