नयाँ दिल्ली– भारतमा बलात्कारीलाई मृत्युदण्ड सजायँ दिने ऐन पारित भएको छ।
शनिबार प्रधानमन्त्री निवास सेभेन रेसकोर्समा बसेको केन्द्रीय मन्त्रिपरिषद् बैठकले १२ वर्षभन्दा कम उमेरका बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड दिने निर्णय गर्दै ‘प्रोटेक्शन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्स’ अर्थात पक्सो एक्टमा संशोधनको अनुमति दिएको हो।
महिला तथा बालविकास मन्त्री मेनका गान्धीले बलात्कारीलाई मृत्युदण्ड दिनेगरी पक्सो एक्ट संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिइन्।
भारतीय सञ्चारमाध्यमका अनुसार यो निर्णयसँगै १२ वर्षभन्दा कम उमेरका बालिकामाथि बलात्कार गर्नेलाई मृत्युको सजाय दिने बाटो खुलेको छ।
जम्मूको कठुआमा ८ वर्षीया नाबालिका बलात्कारको घटनाले भारतको सर्वत्र आलोचना भइरहेका बेला नरेन्द्र मोदी नेतृत्वको सरकारले बलात्कारीविरुद्ध कठोर कदम चालेको बताइएको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...
नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।
माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...
ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...
सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...
यसमा तपाईको मत