coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हावाहुरीले ब्यापक क्षती

दिपायल सिलगढी नगरपालिका–५ मा हावाहुरीले छाना उडाएको एक घर। तस्बिरः अरूण बम/नागरिक

डोटी – केहिदिनदेखी मौसममा आइरहेको फेरबदलसँगै पटक–पटक चल्ने हावाहुरीले डोटीमा ब्यापक क्षती पु-याईरहेको छ। हावाहुरीका कारण कृषकका बालीनालीहरुमा क्षती पुगेको छ।

शुक्रबार साँझको हावाहुरीले केआईसिँह गाउँपालिकाको ६ र ७ नम्बर वडामा ब्यापक क्षती पु-याएको छ। वडा नम्बर ६ को वडा कार्यालयको छाना उडाउँदा कार्यालयका कागजातहरुमा क्षती पुगेको छ। यस्तै दुबै वडाका दर्जनौ घरमा समेत क्षती पुगेको वडा नम्बर ७ का वडाध्यक्ष हर्क बहादुर बिष्टले जानकारी दिए। उनका अनुसार वडा नम्बर ७ का तारा नेपाली, सन्त बहादुर बिष्ट, नर बहादुर बलायर, शेर नेपाली, शंकर धामी लगायतका स्थानीयको घरको छाना उडाएको छ। छाना उडाएसँगै घरका भित्ताहरुमा समेत क्षती पुगेको छ। सोही वडामा रहेको लाटाकलारै आधारभूत बिद्यालयको भवनको छाना पनि हावाहुरीले उडाएको छ।

यस्तै जिल्लाका चारवटा प्रहरी इकाइहरुमा समेत क्षती पुगेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। कार्यालयका अनुसार सोही कार्यालय परिसरमा रहेको जुनियर अफिसरको मेस भवनमा क्षती पुगेको छ। यस्तै लडागडा प्रहरी चौकीको पुरै भवनमा क्षती पुगेको छ भने सानागाउँ प्रहरी चौकीको मेश भवनको छाना उडाएको छ। साथै जोरायल प्रहरी चौकी भवनको झ्यालका सिसाहरु फुटेका छन्। हावाहुरीकै कारण दिपायल सिलगढी वडा नम्बर–५ का कृष्ण बहादुर मलासीको घरको छाना उडाएको छ।

उता हावाहुरीका कारण गोठमा लागेको आगलागीबाट बडिकेदार गाउँपालिका–२ का बिरभान बोहराका तीनवटा बाख्रा मरेका छन्। हावाहुरीले सोही ठाउँका नन्दराम बोहरा र शेर बहादुर बोहराको घर तथा गोठमा क्षती पु-याएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

हावाहुरीले जिल्लाका सबैजसो क्षेत्रहरुमा क्षती पुगेको खबर जिल्ला प्रहरी कार्यालय डोटीमा आउने क्रम जारी रहेको प्रहरी नायब उपरिक्षक शिब बहादुर सिँहले बताए। ‘सबैजसो क्षेत्रमा क्षतीको खबर छ,’ उनले भने, ‘खबरपनि निरन्तर आईरहेको छ। खबर आएका सबैजसो ठाउँमा प्रहरी परिचालन गरेर क्षतीको बिबरण ल्याउने क्रममा छौ।’

हावाहुरीकै कारण कृषकका बालीनालीमा समेत क्षती पुगेको छ। बिशेषगरी दाना लागिसकेका आँप तथा अन्य फलफुलहरुमा क्षती पुगेको स्थानीयहरुले बताएका छन्।

प्रकाशित: ८ वैशाख २०७५ ०४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App