coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वन्यजन्तु संरक्षणमा जनप्रतिनिधीको चासो

निकुञ्जमा देखिएको लंगुर। तस्बिरः सविता श्रेष्ठ

चितवन – मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई कम गर्दै वन्यजन्तु संरक्षण गर्न चितवनका जनप्रतिनिधीले चासो देखाएका छन्। २३ औं वन्यजन्तु सप्ताह अन्तर्गतको अन्तिम दिन चितवन राष्ट्रिय निकुञ्जमा गरिएको अन्र्तक्रियामा चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु संरक्षण गर्न चासो व्यक्त गरिएको छ।

वन्यजन्तु संरक्षण बिना चितवनको महत्व नरहने भन्दै चितवन क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य कृष्ण भुर्तेलले मानव र वन्यजन्तु द्वन्द्व न्युनिकरणको विशेष कार्ययोजना बनाउने बताए । कार्यक्रममा उनले वन्यजन्तुले पु-याएको क्षतीको राहत पाउन निकै ढिलाई हुने गरेकाले राहत प्रक्रिया छिट्टो गर्न पहल गर्ने बताए।

वन्यजन्तुलाई मायाको दृष्टिकोणले हेर्नुपर्ने रत्ननगर नगरपालिकाका मेयर नारायण वन बताउँछन्। वन्यजन्तु र मानिस बीचको हार्दिकता विस्तार गरेर द्वन्द्व निस्तेज र न्युनिकरण गर्दै जानुपर्ने उनले बताए।

समुदायसँग मिलेर संरक्षण कार्य अघि बढाएकाले निकुञ्जमा वन्यजन्तु संरक्षण गर्न सकिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल बताउँछन् । समुदायकै सहकार्यमा संरक्षण अभियानलाई थप अगाडी बढाईने उनले बताए।

वन्यजन्तु सप्ताह २०७५ को समापन कार्यक्रममा वन्यजन्तु संरक्षणमा योगदा पु¥याउने वन हेराल र संरक्षणकर्मीहरु आठ जनालाई सम्मान गरिएको छ। वन्यजन्तुको आक्रमणमा घाईते तथा मृत्यु भएका ६ जनालाई सहयोग गरिएको छ।

घाँसे मैदान, सिमसार क्षेत्रको संरक्षणका साथै गस्ती गरेर निकुञ्जमा वन्यजन्तु संरक्षणका कार्य गर्दै आईएको वार्डेन ढकालले बताए। अन्तक्रियामा उनले चोरीशिकारीबाट गैंडा नमरेको ३७७ दिन पुगेको जानकारी दिए। उनी भन्छन्, ‘यसअघि शिकार नभएको एक हजार दिन नाघेको थियो, हामी पनि त्यसलाई पछ्याउने प्रयासमा छौं।’

वन्यजन्तु चोरी शिकार हुन नदिन कै लागि निकुञ्जमा ‘रियल टाईम पेट्रोलिङ’ पद्धती अपनाईएको छ। मोबाईलमा प्रयोग गरिने यो ‘प्रोग्राम’ बाट पेट्रोलिङ गर्ने टोली कहाँ पुगेको छ भन्ने सजिलै थाहा पाउन सकिन्छ। मोबाईल नेटवर्क नटिप्ने ठाउँमा पुग्दाखेरी भने नेटवर्क टिप्ने ठाउँमा आएपछि ठाउँको जानकारी स्वतः अपडेट हुन्छ ।

जस अन्तर्गत पैदल, साईकल, गाडी, हात्ती, डुङ्गा जे बाट गस्ती गरिने हो सोही माध्यम मोबाईलमा अपडेट गरेर गस्ती गरिने वार्डेन ढकालले जानकारी दिए। यसरी गस्ती गर्दा गस्ती गर्न पुग्नुपर्ने ठाउँमै टोली पुग्ने गरेको उनी बताउँछन्। यसबाहेक निकुञ्जमा जीप सफारी गर्ने सबै जीपहरुमा जीपीएस प्रविधी जडान गरिएको छ। जसबाट जीप पुगेको ठाउँ र समयको बारेमा जानकारी सजिलै पाउन सकिन्छ।  

वन्यजन्तु सप्ताहको अवसरमा शुक्रबार जनप्रतिनिधि तथा संरक्षणकर्मीहरुले निकुञ्जमा जीप सफारी गरेका छन्। सौराहाबाट निकुञ्जको मूख्य कार्यालय कसरा पुगेर सौराहा नै फर्किएको जीप सफारीमा बाघ, गैंडा, चितुवा लगायतका वन्यजन्तु देखिएको थियो।

निकुञ्जको लामीताल नजिक दुर्लभ पाटेबाघ, जर्नेली पोष्ट नजिकको घाँसे मैदानमा गैंडा र गौर मचान नजिक चितुवा देखिएको चरा विज्ञ टिकाराम गिरीले बताए। ‘निकुञ्जमा चितुवा देख्न पाउनु दुर्लभ अवसर हो’ उनले भने, ‘बाघ भन्दा पनि १० गुणा बढी चितुवा खतरामा रहेको छ।’ प्रत्यक्ष वन्यजन्तु देख्ने यस्तो विरलै मात्र पाईने उनी बताउँछन्।

‘लक्कीली आज बाघ देख्ने अवसर पाएँ’ रत्ननगर नगरपालिका मेयर नारायण वन भन्छन्, ‘सबैले यस्तो अवसर देख्न पाउन संरक्षण जरुरी छ।’

क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदीतटिय वन, सालका जंगल एकैसाथ अवलोकन गरेर घुम्न सकिन्छ। निकुञ्जमा गैंडा, भालु, चित्तल, जरायो, कमन, लंगुर, गोहोरो, बँदेल, घडियाल लगायत विभिन्न प्रजातिका चरा सजिलै देख्न पाईन्छ।

प्रकाशित: ८ वैशाख २०७५ ०३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App