coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सीमा स्तम्भ पुनर्निर्माण थालियो

महेन्द्रनगर – कञ्चनपुर जिल्लासंग जोडिएको नेपाल–भारत दशगजा क्षेमा जिर्ण अवस्थामा रहेका  सीमा स्तम्भ पुनर्निर्माण कार्य शुरु गरिएको छ। नेपाल–भारत संयुक्त सीमा सर्वे टोलीले कैलाली सकेर कञ्चनपुरमा जीर्ण अवस्थामा रहेका सीमा स्थम्भ पुनर्निर्माण थालेको हो।

संयुक्त सीमा सर्वे टोली नेपाल तर्फका टोली प्रमुख सर्दशन सिंह धामीले कञ्चनपुरको पुर्वी क्षेत्र पुर्नवास नगरपालिका– ११ डोकेबजारदेखि जीर्ण अवस्थामा रहेका सीमा पिलर पुनर्निर्माण र मर्मत कार्य सुरु गरिएको बताए। उनका अनुसार डोकेबजारका ७५२/७ र ७५३ नम्बर पिलर मर्मत गरिएका छन्।

नेपाल पक्षले बिजोर र भारतीय पक्षले जोर सीमा पिलर मर्मत र पुनर्निर्माण गर्ने सहमती भएको छ। एक महिनासम्मको अवधीमा कञ्चनपुरका सीमा स्तम्भ मर्मत गरिने छन् । टोली प्रमुख धामीले बर्षातको समयमा काम रोकिने बताए। ‘टोलीले सीमा स्तम्भ मर्मत गर्ने म्याद एक महिना मात्रै छ।’ ‘उनले भने, ‘एक महिनामा कञ्चनपुरको पुरै सीमा  स्तम्भ मर्मत हुने अवस्था छैन्।’ हराएका पिलर निर्माण र जीर्ण मर्मत एवम् पुनर्निर्माणका साथै दशजगा क्षेत्रको अतिक्रमण हटाउने समितिले म्यान्टेड पाएको छ।

बेलौरी नगरपालिका– १० भुडाका स्थानीयले संयुक्त सर्वे टोलीले नेपालको जमिन भारतमा देखाएको भन्दै आपत्ति प्रकट गरेका छन्। भुडाका स्थानीय टीकाराम पन्तले २०३६ सालमा जग्गाधनी प्रमाण पत्र पाएका २४ परिवारको जमिन सर्वे टोलीले भारतमा देखाएको बताए।

‘हामीले ३९ बर्षदेखि कमाईखाएको जमिन सर्वे टोलीले भारतमा देखायो।’ ‘उनले भने। संयुक्त सर्वे टोलीले भुडाको विषयमा अहिल्यै एकिन हुन नसकेको जनाएको छ । नेपालको दर्ता जमिन भारतमा देखाउने विषय हल्ला मात्रै भएको टोलीले दावि गर्दै आएको छ।

महाकाली नदिले मुख्य १ पिलर ढलाएको र १ पिलर बगाएको छ । चार वर्षअघि दार्चुलामा आएको बाढिबाट ढलेको भीमदत्त नगरपालिका– ९ ब्रम्हदेव खल्लामछेट्टीको ८१३ नम्बरको पिलर ढलेकै छ। महाकाली नदीले बगाएको ८११ नम्बर पिलर अहिलेसम्म फेला परेको छैन्। धामीले भारतका तर्फबाट आरके भट्टको नेतृत्वमा सुरक्षाकर्मीसहित प्राविधिक टोली खटिएको बताए।

शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार कुल तीन सय ९० सीमा पिलर मध्ये ७८ पिलर साबुत अवस्थामा छन् । २५ मुख्य, ४७  सहायक र छ सानो पिलर गरि कुल ७८ पिलर मात्रै साबुत अवस्थामा छन्। दुई सय २२ पिलर निर्माण हुनै बाँकी छन्। मुख्य १६, सहायक एक सय १७, साना पिलर ८९ गरि दुई सय दुई पिलर निर्माण भएका छैनन्। जसमध्ये ३८ पानीमा हराएका र एक सय ८४ निर्माण नै भएका छैनन्।

नौ पुर्ननिर्माण र ४५ पिलर मर्मत गर्नुपर्ने देखिएको छ। मुख्य चार, सहायक पाँच पुर्न निर्माण गर्नुपर्ने र मुख्य १२, सहायक ३२ र एक सानो गरी कुल ४५ पिलर मर्मत गर्नुपर्ने देखिएको छ। अहिलेसम्म ३४ पिलर फेला परेका छैनन्।

मुख्य पाँच, सहायक २१ र साना आठ गरि ३४ पिलर अहिलेसम्म फेला परेका छैनन्। कञ्चनपुरमा ६४ मुख्य, दुई सय २२ सहायक, एक सय चार साना पिलर रहेका छन्। डोकेबजार देखि ब्रम्हदेबसम्म एक सय २९ दशमलव पाँच किलोमिटर दुरीमा रहेका कञ्चनपुरका सीमा पिलर बाहिर र भित्रदेखि कमजोर अवस्थामा पुगेका छन्।

प्रकाशित: ८ वैशाख २०७५ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App